Trending
  • ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु - Butwal Online
    ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

    कावासोती २ जेष्ठ 
    नवलपुर जिल्लाको बिकट बौदिकाली गाउँपालिकामा चलिरहेको ट्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बुधबार सांझ बौदीकाली गाउँपालिकाको वडा नं. २ को वडा कार्यालय नजिकै ग १ त ५१७४ नम्बरको ट्याक्टर बाट खस्दा सो दुर्घटना भएको हो ।



    दुर्घटनामा परि सो स्थान बस्ने सुदिप नेपालिको ज्यान गएको प्रहरिको भनाई छ । घाईते नेपालिको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउँमा मृत्यु भएको हो । उनी अचानक ट्याक्टर बाट खसेको स्थानियले बताएका छन् । ट्याक्टर र ट्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

    सदिक्षा गैरे

    सदिक्षा गैरे बुटवल अनलाइनका नवलपुर सम्बादाता हुन् ।

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार