Trending
  • प्रतापपुरमा उदघोषक तथा क्षमता अभिबृदि तालिम शुरु - Butwal Online
    प्रतापपुरमा उदघोषक तथा क्षमता अभिबृदि तालिम शुरु

    नवलपरासी, २ जेष्ठ 

    नवलपरासीको प्रतापपुर गाउपालिका वडा नं ६ गुठी परसौनीमा वडा स्तरिय ५ दिने उदघोषक तथा क्षमता अभिबृदि तालीम शुरु भएको छ ।
    प्रतापपुर गाऊपालिकाको आयोजना तथा मानव विकाश अध्यन केन्द्र नवलपरासीको सहयोगमा उक्त तालिम शुरु भएको हो ।



    कार्यक्रममा बृजराज कुशवाहाको अध्यक्षता तथा प्रतापपुर गाउपालिका वडा नं ६ का वडाध्यक्ष रामहरि उपाध्यायको प्रमुख अथित्यता रहेको थियो।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यले तालिममा सिकेका कुराहरु ब्यवहारमा ल्याउन जरुरी रहेको बताऊनु भयो । यस क्षेत्रका मानिसहरुलाई यस किसीमको तालिमहरुको आवश्यकता रहेको हुदाँ यसलाई अझै प्रभावकारी बनाऊन जरुरी रहेको उपाध्यले धारणा ब्यक्त गर्नु भयो।
    कार्यक्रममा वडा नं ८ का वडाध्यक्ष कादिर अन्सारी न, शसस्त्र प्रहरी निरिक्षक माधव पण्डित, घनश्याम रिमाल सहबान अन्सारी, संजय कुशवाहा अंगद यादव, लगायतहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन अनिल यादवले गर्नु भएको थियो।
    शुरु भएको तालिममा वडाका ३० जनाको सहभागिता रहेको पहिलो दिन तालिमका बृजराज कुशवाहा प्रशिक्षण दिनु भएको थियो।

    सहबान अन्सारी

    सहबान अन्सारी बुटवल अनलाइनका नवलपरासी सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार