भुकम्म्प गएको ४ वर्ष : बल्ल ३२ प्रतिशत पुनर्निर्माण - Butwal Online

काठमाडौँ, २ जेठ । भूकम्म्प गएको चार वर्ष पूरा भइसक्दासमेत टोखा नगरपालिकाको निजी आवास पुनर्निर्माण अभियानले अझै गति लिन सकेको छैन ।

फाइल तस्बिर 

स्थानीय टोखा नगरपालिकामा हालसम्म ३२ प्रतिशत मात्रै निजी आवास पुनर्निर्माण भएको छ । सानो क्षेत्रफलमा बनेका घर, बहुस्वामित्वका घर, जग्गाधनी पुर्जा नभएका, गुठीको जग्गामा बनेका घर र क्षतिग्रस्त घर भत्काउँदा सँगै रहेका घरमा समेत क्षति पुग्ने भएकाले त्यस्ता घरलाई के गर्ने भन्ने स्पष्ट नीति नभएकाले निजी आवास पुनर्निर्माणले गति लिन नसकेको नगरपालिका वरिष्ठ इञ्जिनीयर प्रतीक्षा त्रिपाठीले बताए ।

नगरपालिकामा पुनर्निर्माण गर्ने लाभग्राहीको सङ्ख्या एक हजार ७४५ रहेकामा ३७० लाभग्रहीले मात्रै निजी आवास निर्माण गरिसकेको उक्त कार्यालयले जनाएको छ । प्रबलीकरणबाट सजिलै पुनर्निर्माणमा जान सकिए पनि पुनर्निर्माणबाट प्रबलीकरणमा जान सजिलो छैन । पुनर्निर्माणका लागि थप रकम सरकारले दिने अनुदानभन्दा धेरै रकम जुटाउनुपर्ने र प्रबलीकरणका बारेमा स्थानीवासी नै स्पष्ट हुन नसकेका कारण निजी आवास पुनर्निर्माणको गति सुस्त भएको इञ्जिनीयर त्रिपाठीले जानकारी दिए ।

उनका अनुसार हाल नगरपालिकामा पहिलो किस्ता लिने १५ हजार ८५ र दोस्रो किस्ता लिने ६७० लाभग्रही छन् । त्यस्तै तेस्रो किस्ता लिने लाभग्राही ४९० छन् । यसैगरी भवन संहिताअनुसार नबनाएका कारण प्रमाणीकरण हुन नसेको लाभग्राहीको सङ्ख्या १४ रहेको नगरपालिकाले जनाएको छ ।

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार