Trending
  • प्रदेश ५ को बजेट अधिवेशन सुरु, पिछडीएका र विकट क्षेत्रलाई मध्यनजर गरी बजेट बनाउन सुझाव - Butwal Online

    बुटवल,२ बैशाख 
    प्रदेश नं ५ को बजेट अधिवेशन आजदेखि सुरु भएको छ । आजबाट सुरु भएको प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा प्रदेशसभा सदस्यहरुले दलगत रुपमा आ आ–आफ्नो धारणा राखे ।


    बैठकमा नेकपाका सांसद कृष्ण ध्वज खड्काले प्रदेश नं ५ लाई नमुना प्रदेशको रुपमा विकास गर्ने कार्ययोजना सहितको बजेट ल्याउनुपर्ने बताउदै त्यसमा सत्ता पक्ष र विपक्ष नभनि एकतावद्ध भएर अगाडी बढ्नुपर्ने सुझाव दिए ।



    सबै दलहरु मिलेरै मुलुकमा पटक÷पटक राजनीतिक परिवर्तन भए पनि परिवर्तनलाई संस्थागत गर्ने क्रममा दलहरु चेकेको बिगतको तितो अनुभव सुनाउदै उनले पछिल्लो पटक भएको राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि संस्थागत गर्न सबै दल मिलेर जानुको विकल्प नभएको बिचार व्यक्त गरे ।
    कांग्रेस सांसद डिल्ली बहादुर चौधरीले ग्रामिण क्षेत्रमा बसोवास गर्ने जनताको अवस्था हेर्दा हामि अझैपनि द्धापर युगमै रहेको अनुभति हुने भन्दै जनताका आधारभूत आवस्यकता पिउने पानि,सडक,सिंचाईलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम र वजेट ल्याउनुपर्नेमा जोड दिए ।
    शिक्षा,स्वास्थ्य जनताको पहुँच पुग्ने खालको वजेट ल्याउन सुझाव दिदै उनले प्रदेशलाई बलियो बनाउन र विकास निर्माणका लागि नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल नभनेर सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

    मिडीया काउन्सील विधेयक र मानव अधिकार आयोगको क्षेत्राधीकारमा संकुचन गर्ने प्रयास सम्बन्धि समाचारहरु सार्वजनिक भएको प्रति ध्यानाकर्षण गराउदै उनले प्रेस र मानव अधिकार आयोगलाई संकुचन गरिए लोकतन्त्रनै धरापमा पर्ने बताए ।
    समाजवादी पार्टीका सांसद सहषराम यादवले कृषिको विकास बिना मुलुक समृद्ध बन्न नसक्ने भन्दै कृषिलाई प्राथमीकतामा राखेर वजेट ल्याउनुपर्ने सुझाव दिए ।
    कृषिको कुरा गर्ने तर कृषि पेशाप्रति आकर्षित गर्ने नीति कार्यक्रम नल्याउने,सिंचाई,मलखाद,बिऊ बिजनको प्रवन्ध गर्ने तर्फ ध्यान नदिएर कसरी कृषिको विकास हुन्छ भनि प्रश्न गर्दै उनले समयमै त्यसको व्यवस्थापन गर्नेगरी वजेट बनाउन पर्नेमा जोड दिए ।
    बैठकमा राजपा सांसद कल्पना पान्डेले प्रदेश सरकार अन्तर्गत अहिले सम्म महिला संरचना जबनेको भन्दै महिलाहरुका समस्या राख्ने एउटा छुट्टै संरचना बनाउन सुझाव दिइन् ।

    लुम्बिनी भ्रमण बर्षको वजेटमा अनियमीतता भएको र त्यसमा सत्ता पक्षीय पत्रकारहरुको मात्रै हालीमुहाली भएको भन्ने समाचारहरु सार्वजनिक भएको भन्दै उनले प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।

    राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले तेस्रो अधिवेशन सम्पन्न भएर चौथो अधिवेशन सुरु हुदा सम्म प्रदेशको स्थायी राजधानी र नामाकरणको बिषय टुंगो लगाउन नसकेको भन्दै चौथो अधिवेशनबाट राजधानी र नामाकरणको टुंगो लगाउनुपर्नेमा जोड दिइन् ।
    अहिले पनि प्रदेशका केही जिल्ला बिकासमा पछाडी रहेको भन्दै उनले पछाडी परेका र विकट जिल्लालाई लक्षीत गरी बजेट ल्याउन सुझाव दिइन् ।
    यस अघि बैठकको प्रारम्भमै सभामुख पूर्ण बहादुर घर्तीले प्रदेश प्रमुख उमाकान्त झाबाट बजेट अधिवन आह्वान सम्वन्धि पत्र पढेर सुनाउनुका साथै प्रदेशसभाबाट पारीत भएका विधेयकहरु प्रदेश प्रमुखबाट प्रमाणिकरण भएको पत्र पढेर सुनाएका थिए ।
    प्रदेशसभाको अर्को बैठक जेठ ९ गते दिउसो १ बजे बस्नगरी स्थगित भएको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार