Trending
  • सुर्तिजन्य पदार्थ नियन्त्रण पैरवी बैठक बुटवलमा सम्पन्न - Butwal Online

    बुटवल, २ जेठ 

    सुर्ति जन्य पदार्थ नियन्त्रण सम्बन्धी पैरवी बैठक बुटवलमा सम्पन्न भएको छ । स्थानिय तहका कर्मचारी, टोल विकास संस्थाका प्रतिनिधी तथा विभिन्न संघसंस्थाहरुको सहभागितामा पैरवी बैठक सम्पन्न भएको हो ।



    राष्टिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रको आयोजनामा भएको बैठकमा सुर्तिजन्य पदार्थको नियन्त्रण, सचेतना र कानुन सम्बन्धी छलफल गरिएको थियो ।

    कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक डा. भक्त बहादुर केसीले सचेतनाकै कारण अझै पनि सुर्तिजन्य पदार्थ सेवनको नियन्त्रण हुन नसकेको बताए । कानुनको पालना गर्ने र सचेतना जगाउन सके सुर्तिजन्य पदार्थको नियन्त्रण हुने उनको भनाई थियो । स्वास्थ्य शिक्षा अधिकृत भरत बहादुर कवरले विद्यालय तहबाट यसको शिक्षालाई प्रभावकारी ढंगले लैजानुपर्ने बताए । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सचेतना कार्यक्रम वडा तहबाट लैजानुपर्ने भन्दै यस्ता कार्यक्रममा उपमहानगरपालिकाको साथ रहने बताए ।

    कार्यक्रममा जनस्वास्थ्य अधिकृत आदित्य शाक्य, बुटवल उद्योग बाणिज्यका विमलराज भटटराई, ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिल बहादुर मल्ल लगाएतले बोलेका थिए ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार