कावासोतिमा अबैध उद्योगमा प्रशाशन को शिलबन्दी - Butwal Online
कावासोतिमा अबैध उद्योगमा प्रशाशन को शिलबन्दी

कावासोती, २ जेष्ठ 
नवलपुर जिल्लाको सदरमुकाम कावासोतिमा अबैध रुपमा संचालनमा रहेको एक बरफ उद्योगमा प्रशासनले शिलबन्दी गरिदिएको छ । दर्तानै नगरि कानुनको आँखा छलेर उद्योग संचालनमा ल्यायको भन्दै कावासोतिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा रुपन्देहीले कावासोती ८ मा रहेको न्यु नेपाल वरफ उद्योगलाई शिल गरिदिएको हो ।

बिभागले सामान उत्पादन एवं विक्रि वितरणमा रोक समेत लगाएको छ । बिभागले जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलयको सुचनाको आधारमा यस्तो कारबाही गरेको हो ।
उद्योगमा गुणस्तरहिन रसायन प्रयोग गरि बरफ बनाएको भन्दै स्थानिय उत्तम कुमार श्रेष्ठले जिल्ला प्रहरि कार्यालयमा उजुरि दिनुभएको थियो । पत्रकार एवं प्रहरिको रोहवरमा उद्योगवाट वनेका आईसक्रिम र आईसक्रिम वनाउन प्रयोग गरिने जिएमएस पाउडर १ प्लाष्टिक, नाईनसिई गोला ६ वोतल र विभिन्न फ्लेवर ५ थान नष्ट गरिएको छ ।

उद्योगका सन्चालक कृष्ण शाहलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वाट आईसक्रिमको परिक्षण पश्चातको रिजल्ट नआउदा सम्मका लागि प्रहरि कार्यालयमा नियमित हाजिर हुने शर्तमा छाडिएको जिल्ला प्रहरि कार्यालय नवलपुरका प्रहरि नायव उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।

सदिक्षा गैरे

सदिक्षा गैरे बुटवल अनलाइनका नवलपुर सम्बादाता हुन् ।

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार