रुपन्देहीको नौडीहवा नाकामा गोली चल्यो, ३ प्रहरीसहित ४ घाइते - Butwal Online

बुटवल, २ जेठ 
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ११ शंकरपुर स्थित नौडीहवा नाकामा बिहीबार अपरान्ह गोली चलेको छ ।
भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेको बिशेष सुराकीको आधारमा त्यहाँ पुगेको प्रदेश नं ५ को बिशेष व्युरोका सादा पोशाकका प्रहरीलाई देखेर भागेपछि पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।


सादा पोशाकका प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
गोली लागेर घाइते भएका भारत महाराजगञ्जकै दिलिप धोबी गम्भिर भाइते भएको र निजलाई भारतीय पक्षले नै उठाएर लगेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ गर्न खोज्दा गुहार मागेपछि भारतीयहरु नेपाली सीमा क्षेत्रमा प्रवेश गरेर प्रहरीलाई आक्रमण गरेका थिए । भारतीयहरुको आक्रमणमा परी ३ जना प्रहरी घाइते भएको प्रहरीको दाबी छ ।
प्रहरीले १ जना भारतीयलाई हतियार सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगंज फरेना बस्ने अन्दाजी बर्ष ५२ को झिनक धोबी रहेको प्रहरीले पुष्टि गरेको छ ।
उनीबाट मेड इन युएसए लेखेको १ थान अटोमेटिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार