Trending
  • पाल्पाको तिनाउमा फुडपोईजनिङ्गबाट गाँउ नै प्रभावित - Butwal Online
    पाल्पाको तिनाउमा फुडपोईजनिङ्गबाट गाँउ नै प्रभावित

    जेष्ठ,२ पाल्पा 
    जिल्लाको तिनाउ गाउँपालिका वडा नं ४ सत्यवती बोउरमा फुडपोईजनिङ्गका कारण बोउर गाउँका स्थानिय प्रभावित भएका छन ।
    गाउँका एक जना छिमेकीको घरमा १३ औं दिनको पुण्यतिथिमा खाएको खानाबाट गाउँभरिकै स्थानिय पोईजनिङ्गबाट ग्रसित भएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीले जानकारी दिनुभयो ।


    विरमीहरुमा अत्यधीक झाडा वान्ता, जोरो आउने, कमजोरी, आत्तीने लगायतको समस्यामा देखीएको उपचारमा संलग्न जिल्ला अस्पतालका डा. गगन थापाले बताउनुभयो ।



    उपचारका लागि गाउँपालिकाको समन्वयमा पालिकाको स्वास्थ शाखा सहित जिल्ला अस्पतालको टोलीको संयुक्त पहलमा गाउँमै १२ जनाको उपचार भएको छ भने गम्भीर विरामी १० जनाको लुम्बिेनि मेडिकल कलेजमा उपचार भइरहेको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीले बताउनुभयो ।
    गर्मीको समयमा बासि खाना खाँदा फुडपोईजनिङ्गको समस्या देखिने भएकोले सजगता अपनाउन गाउँपालिकाले जनचेतना कार्यक्रमलाई तिव्र बनाएको छ ।

    सुनिल कार्की

    सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार