Trending
  • पाल्पा प्रहरीको नौलो कार्यक्रम, ट््याक्टर चालकलाई फोलोरेन्स ज्याकेट सहित परिचय पत्र वितरण - Butwal Online

    जेठ,२ पाल्पा 
    जिल्ला प्रहरी कार्यालय पाल्पाले ट््याक्टर चालकलाई ज्याकेट र परिचय पत्र वितरण गरेको छ । ट््याक्टर चालकहरुमा आफ्नो पहिचान र चिनारी नहुँदा भोग्नुपरेको समस्यालाई समधान गर्न चालकलाई ज्याकेट र परिचय पत्र वितरण गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


    सामुदायिक प्रहरी साभेदारी कार्यक्रम अन्तर्गत श्रीनगर यातायात व्यवसायि समितिका पदाधीकारी, ट््याक्टर व्यवासायि, ट््याक्टर चालक, ट्राफिक प्रहरी, नेपाल प्रहरी, पत्रकारको सहभागीतमा एक कार्याक्रमको आयोजान गरि चालको विवरण सहितको टल्कने ज्याकेट र परिचय पत्र वितरण गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले बताउनुभयो ।



    तनसेन ६ बसपार्कमा एक कार्याक्रमको आयोजना गरि चालकलाई प्रदान गरिएको ज्याकेट र परिचयपत्र वितरण कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक कृष्णराज सापकोटाले सवारिचालकलाई दुर्घटना न्युनिकरण प्रति प्रतिबद्ध बनाउन जिल्लामै पहिलोपटक नयाँ खालको कार्यक्रमको सुवात गरिएको बताउनुभयो । प्रहरी नायब उपरिक्षक सापकोटाले जिल्लामा अझै पनि धेरै ट््याक्टर व्यवासायि समितिमा आवद्ध नभएकोले अबका दिनमा समितिमा आवद्ध भएर संगठित भएर सवारि चालकको सुरक्षा र हक अधिकारको वाकालतमा लाग्न आग्रह गर्नुभयो । अहिले समितिमा आवद्ध हुन आनाकानि गर्ने तर पछि कुनै दुर्घटना ,अफ्ठ्यारो र समस्या पर्दा जिउहजुर गर्नुपर्ने बाध्यता रहेकोले तत्काल समितिमा आवद्ध भई संगठनिक रुपमा अघि बढ्न ट््याक्टर व्यवासायिलाई सुझाव दिनुभयोे ।
    पहिलो चरणमा भएको परिचयपत्र र ज्याकेट वितरण कार्यक्रममा जिल्लाका ४० भन्दा बढी ट््याक्टर चालकलाई वितरण गरिएको छ । ट््याक्टर चालकबाट सुरु गरिएको यो कार्यक्रमलाई विस्तारै ट्रिपर ,बस,ट्रक,जिपसँगै अन्य सवारि साधनका चालकलाई पनि अनिवार्य गरिने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक कृष्णराज सापकोटाले बताउनुभयो । पछिल्ला दिनमा वस्तविक चालक भन्दा पनि सहचालकले सवारि चलउदा दुर्घटना हुन सक्ने भएकोले वस्तविक चालक को हो भनेर चिनाउँन ज्याकेट र परिचयपत्र प्रभावकारी हुने प्रहरी नायब उपरिक्षक सापकोटाले दावि गर्नुभयो ।


    चालक कोहो भनेर चिन्न नसकिने अवस्था रहेको समयमा जिल्ला प्रहरी कार्यालय ,ट्राफिक प्रहरी र ट््याक्टर व्यवासायि समितिले गरेको यस्तो खाले कार्यक्रमबाट आफुहरु जस्तै चालकलाई सवारि दुर्घटना न्युनीकरणमा महत्वपुर्ण भुमिका खेल्ने ट््याक्टर खेल्ने ट््याक्टर चालक विश्वनाथ रेग्मीले बताउनुभयो ।
    यस्तै श्रीनगर यातायात व्यवासायि समितिका कोषाध्यक्ष किरण चित्रकारले चालक जाहा जतिबेला पनि होटल रेष्टुरेन्टमा छिरेर मापसे गर्ने गरेकाले यस्तो खाले परिचय पत्र वितरण कार्यक्रमले चालकमा जिम्मेवारि बहन गराउने बताउनुभयो ।

    पछिल्लो समय जिल्लमा बढ्दो सवारि दुर्घटना न्युनिकरण गर्न जिल्ला प्रहरी कार्यालयले सामुदायिक प्रहरी साझेदारी कार्याक्रमलाई गाउँदेखि सहरसम्म विभिन्न क्षेत्रमा कार्यक्रमलाई तिव्रता दिएको छ । कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक अजुर्न सुवेदीको सञ्चालनमा भएको थियो ।

    सुनिल कार्की

    सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार