Trending
  • बुटवल–बेलहिया ‘सिक्स’ लेनको सडकमा चलाउन सुविधासम्पन्न १० वटा एसी बस भित्रिए - Butwal Online

     बुटवल जेठ

    बुटवल–बेलहिया ‘सिक्स’ लेनको सडक विस्तार भएसँगै सुविधा सम्पन्न सार्वजनिक गाडीहरू भित्रिने क्रम बढेको छ । यात्रुहरूलाई सहज र सुविधासहितको सेवा प्रदान गर्ने उद्देश्यले भिजन लुम्बिनी लिमिटेडले बुटवल बेलहिया (सुनौली) रूटमा चल्ने गरी सुविधासम्पन्न १० वटा वातावरण अनूकुलित गाडी भित्राएको छ ।



    बसमा एसी र वाइफाइ जडान गरिएको छ भने ती सबै बस अपाङ्गमैत्री , ५२ सिटको क्षमताका छन् भने सिसिटिभी क्यामेरा र एयर सस्पेन्सन पनि राखिएको छ ।

    ती गाडी बुद्ध पूर्णिमाका दिन जेठ ४ गते राष्ट्रपति विद्यादेबी भण्डारी र प्रधानमन्त्री केपी ओलीलेले शुभारम्भ गर्ने गरी तयारी गरिएको भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए ।

    ती गाडी बुटवल, भैरहवा, सुनौली, लुम्बिनी, सेमलार,बर्दघाट रूटमा गुड्ने छन् । बुद्ध सर्किटमा पनि चल्ने गरी अनुमति लिइसकेको र बिस्तारै ति रुटमा पनि नया गाडीहरूले सेवा दिनेछन् ।

    ‘बुटवल भैरहवामा हिड्ने यात्रुपनि अबदेअि सहज यात्रा गर्न पाउनेछन्, माइक्रोमा कोचाकोच हुनुपर्ने अबस्थाको अन्त्य हुनेछ’ अध्यक्ष पोखरेलले भने ।

     

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार