Trending
  • पाल्पाका आगलागी पीडितलाई प्रदेशसभा सांसद रानाको सहयोग - Butwal Online

    बेझाड, ३ जेठ : आगलागीपीडित पाल्पा बगनासकाली गाउँपालिका–१ चिर्तुङधाराका विष्णुबहादुर दिशाको परिवारलाई प्रदेश नं ५ का प्रदेशसभा सदस्य सांसद वीरबहादुर रानाले सहयोग गरेका छन् ।



     

    रानाले पीडितकै घरमा पुगेर पीडित परिवारलाई खाद्यान्न सामग्री, लत्ताकपडा, नगद सहयोग गरेका हुन् । सो सामग्री लिएर पीडितको घरपुगेका सदस्य रानाले विपत् कतिबेला आइलाग्छ भन्ने कुरा यकिन नहुने हुँदा विपत् आइपर्‍यो भनेर नआत्तिन आग्रह गरे । “एक परिवारमा पुगेको क्षतिले गाउँ, समाज र सबैमा पीडा दिएको छ, पीडित परिवारका लागि सदैव सहयोगमा तत्पर रहनेछु”, उनले भने ।

    गत वैशाख १८ गते साँझ करीब ७ बजे पीडित विष्णुबहादुर दिशाको घरमा आगलागी हुँदा घरमा रहेका सबै सामान जलेर नष्ट भएको थियो । घरमा कोही पनि नभएको समयमा एक्कासि आगलागी भएको पीडित परिवारले जनाएको छ । तीनतले जस्ताको छानो भएको घरमा रहेका अनाज, लत्ताकपडालगायत करीब रु छ लाख बराबरको क्षति भएको छ । घरमा राखिएको रु दुई लाख ३५ हजार रकम पनि जलेर नष्ट भएको थियो ।

    सांसद रानासहित नेपाल राष्ट्रिय मगर सङ्घ जिल्ला सभापति झमनराज मगर, नेपाल तरुण दल पाल्पाका सभापति मेजरसिं केसी, नेपाल महिला सङ्घ प्रदेश सदस्य मीना पन्थी, वडा नं १ का सभापति शेरबहादुर चिदीसहितको टोली पीडितको घरमै पुगेर राहत प्रदान गरेको हो ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार