Trending
  • दोस्रो रामपुर महोत्सवमा २७ लाख बराबरको आम्दानी - Butwal Online

    बेझाड, ३ जेठ । पाल्पाको रामपुरमा चलेको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा रु २७ लाख बराबरको आम्दानी भएको छ ।



    रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको मेलामा रु २६ लाख २७ हजार ८०२ आम्दानी भएको सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले जानकारी दिए ।

    आम्दानी खर्च सार्वजनिक कार्यक्रममा रु ८४ लाख ६१ हजार ८४८ मेलामा खर्च भएको उहाँले बताउनुभयो । कालीगण्डकीबेँसी उपत्यकाको पर्यटन विकास, सङ्घको भवन निर्माण, स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ गत पुस २७ देखि माघ ८ गते मेला आयोजना गरिएको थियो । बिहीबार पत्रकार सम्मेलनमार्फत आम्दानी खर्च सार्वजनिक गरिएको हो ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार