गुल्मीमा आफ्नै आमाद्वारा २ महिने शिशुको हत्या - Butwal Online
गुल्मीमा आफ्नै आमाद्वारा २ महिने शिशुको हत्या

गुल्मी, ३ जेठ । जिल्लाको दरवार गाउँपालिकामा आफनै आमाद्वारा २ महिने शिशुको हत्या भएको छ । दरवार गाउँपालिका वडा नम्बर ४ की ३६ वर्षिया जमुना बिकले २ महिना अघि जन्म दिएकी आफ्नै छोरी बिष्णुको हल्या गरेकी हुन् ।

फाइल तस्बिर

जमुनाको छिमेकीहरुका अनुसार यसअघि नै उनले शिशुको पटक पटक हत्या गर्ने प्रयत्न गर्दै आएकी थिइन् । तर स्थानीयले जोगाउदै आएका थिए । यसपटक भने उनले छोरीको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरीका कार्यालय गुल्मीले जनाएको छ ।

हाल जमुनालाइ पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र घटनाबार थप अनुसन्धान गरी कार्वाही अघि बढाइने प्रहरी निरीक्षक रवीन्द्रबहादुर खडकाले जानकारी दिएका छन् । शिशुको शव भने जिल्ला अस्पताल गुल्मीमा पोष्टमार्टम गरिएको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार