नेपाल–भारतको सीमा नाका आज रातिबाट बन्द - Butwal Online
नेपाल–भारतको सीमा नाका आज रातिबाट बन्द

नवलपरासी, ३ जेठ

भारतको लोकसभाको निर्वाचनलाई लक्षित गरेर आजदेखि दुई दिनसम्म भारत संग जोडिएका नवलपरासीको सिमा नाका बन्द हुने भएका छ । नाका बन्द भएपछि आवतजावत र ढुवानी पैठारीको काम केही दिनका लागि बन्द हुने छ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीका अनुसार एम्बुलेन्स सेवा र दमकल भने रोकिने छैन । “ एक महिनाअघि नवलपरासीका सुरक्षा अधिकारी र भारतीय सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठकले सो निर्णय गरेको थियो ।

नवलपरासीको महेशपुर नाका भारत संग जोडिएको छ । नेपालमा निर्वाचन हुँदा पनि दुवै पक्षको सहमतिमा सुरक्षाका हिसाबले नेपाल–भारत नाका बन्द गर्ने प्रचलन छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार