भान्सा, औषधीको गोदाम र ग्यारेजमा दुध डेरी - Butwal Online
भान्सा, औषधीको गोदाम र ग्यारेजमा दुध डेरी

कोहलपुर, ३ जेष्ठ 

बाँकेको कोहलपुर नगरपालिका भित्रका दुध डेरीहरु खाने पकाउने भान्सा, औषधीको गोदाम र गाडि मर्मत गर्ने ग्यारेजमा दुध डेरीहरु सञ्चालन गरिरहेको अवस्थामा भेटिएका छन ।

कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेको साँझा डेरी उद्योगले भान्सा र सुत्ने कोठामै दुध डेरी सञ्चालन गरेको पाईएको छ । दुधको प्रोसेसिङ्ग गर्ने ठाउँ र खाना पकाउने भान्सा एउटै ठाउँमा भएको पाएको अनुगमनक्रममा फेला परेको हो । त्यस्तै कोहलपुर–११ मै रहेको किसान डेरी उद्योगले औषधीको गोदाममा नै दुध डेरी सञ्चालन गरेको पाइएको छ भने कोहलपुर–१२ मा रहेको सुविन डेरी उद्योगले गाडि ममर्त गर्ने ग्यारेजमै दुध विक्रि वितरण गरेको अनुगमनका क्रममा भेटिएको छ । त्यस्तै कोहलपुर–११ मा अर्काको नाममा डेरी उद्योग सञ्चालन गरेको पाई्रएको छ ।

चुलिमालिका दुध डेरीको नाममा बिना दर्ता दुध डेरी उद्योग सञ्चालन गरिएको पाईएको हो । त्यस्तै कोहलपुर–११ मै आरसी किरण पसलमा दुध डेरी सञ्चालन गरेको पाएपछि अनुगमन टोलिले तत्काल दुध डेरीको अनुमति लिन सुझाव दिएका छन् । साथै कोहलपुर नगरपालिका भित्र रहेका अन्य दुध डेरीहरु अव्यवस्थित रुपमा सञ्चालन भईरहेको भेटिएका छन् । कोहलपुर नगरपालिका बजार अनुगमन समितिले बुधबार र बिहीबार गरेकोे दुध डेरी उद्योग अनुगमनका क्रममा आधिकांश दुध डेरीहरु अव्यवस्थित रुपमा सञ्चालन गरेको पाईएको छ ।

कतिपय डेरी उद्योगहरुले न्यूनतम मापदण्ड समेत पुरा नगरेको तथा दुधमा अखाद्य सामग्री प्रयोग गर्ने गरेको समेत भेटिएको छ । समितिले बिहीबार ए वान डेरी उद्योग, देउती डेरीउद्योग, सिर्जना डेरी उद्योग, श्री कृष्ण डेरी उद्योग, ऊँ साइ केदारेश्वर डेरी उद्योग, श्री बनकटवा दुग्ध उत्पादक सहकारी संस्था, चापागाई डेरी उद्योगको अनुगमन गरेको छ । अधिकाशं डेरी उद्योगले न्यूनतम मापदण्ड पुरा नगरेको र एउटै काउण्टरबाट अन्य ब्यवसाय समेत संचालन गर्दै आएको अनुगमन समितिका संयोजक तथा कोहलपुर नगरपालिका आर्थिक विकाश शाखाका प्रमुख धन बहादुर खत्रीले जानकारी दिएका छन् ।

डेरी संचालकहरुलाई दुध तथा दुधजन्य सामग्रीको स्वच्छतामा विशेष ध्यान दिन अनुगमन टोलीले निर्देशन समेत दिएको खत्रीले बताए । कोहलपुर नगरपालिकाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, कोहपुर उद्योग वाणिज्य संघ, ईलाका प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालय, नगर पशु कार्यालय तथा पत्रकार लगायत बिभिन्न् संघ संस्थाका प्रतिनिधि सहितको संयुक्त टोलीले बुधबारदेखि बजार अनुगमन सुरु गरेको हो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार