Trending
  • तलव नपाएको भन्दै ‘शुशील कोइराला प्रखर क्यान्सर अस्पताल’का कर्मचारी आन्दोलित - Butwal Online

    बाँके (खजुरा) ०३ जेष्ठ । लामो समयदेखी तलव नपाएको भन्दै बाँकेको खजुरामा रहेको शुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् ।



    उनिहरुले एक विज्ञप्ती जारी गर्दै लामो समयदेखी तलव र नियुक्ति पत्र नपाएको भन्दै माग पुरा गर्न अस्पताल प्रशाशनलाई ७२ घण्टे अल्टिमेटम दिएका छन् । लोकसेवा आयोग लगायत अन्य प्रक्रियाबाट लिखित परीक्षा मार्फत छनौट भएका कर्मचारीहरुले करीव ४ महिनादेखी तलव र नियुक्ति पत्र नपाएका हुन् ।

    अस्पतालमा कार्यरत डा. प्रविण कुमार गुप्ता, डा. क्रिष्टिना नमोक श्रेष्ठ, डा.उषा शर्मा, रन्जिता ढुंगाना, सन्तोष खनाल, भिमकुमारी तिमील्सेना, देव वहादुर कार्कि, अनिल कुमार यादव, राजेश वर्मा र कृष्ण पौडेलले तलव नपाएका हुन् । उनिहरुले संयुक्त रुपमा विज्ञप्ती निकालेर सन्चालक समीति र अस्पताल प्रशाशनको ध्यानार्कषण गराएका छन् । समस्या समाधान नगरीए कडा आन्दोलनमा उत्रने उनिहरुको चेतावनी छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार