तलव नपाएको भन्दै शुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित - Butwal Online

बाँके ३ जेष्ठ 
लामो समयदेखी तलव नपाएको भन्दै बाँकेको खजुरामा रहेको शुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् ।

उनिहरुले एक विज्ञप्ती जारी गर्दै लामो समयदेखी तलव र नियुक्ति पत्र नपाएको भन्दै माग पुरा गर्न अस्पताल प्रशाशनलाई ७२ घण्टे अल्टिमेटम दिएका छन् । लोकसेवा आयोग लगायत अन्य प्रक्रियाबाट लिखित परीक्षा मार्फत छनौट भएका कर्मचारीहरुले करीव ४ महिनादेखी तलव र नियुक्ति पत्र नपाएका हुन् ।

 

अस्पतालमा कार्यरत ३० जना बढी कर्मचारीले तलब खान नपायको गुनासो गरेका छन् । उनिहरुले संयुक्त रुपमा विज्ञप्ती निकालेर सन्चालक समीति र अस्पताल प्रशाशनको ध्यानार्कषण गराएका छन् । समस्या समाधान नगरीए कडा आन्दोलनमा उत्रने उनिहरुको चेतावनी छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार