व्यवस्थापकीय पक्ष बलियो भए बजेट कार्यान्वयन सहज ः उपाध्यक्ष श्रेष्ठ - Butwal Online

बुटवल,३ जेठ ।
प्रदेश नं ५ का प्रदेश योजना आयोगका उपाध्यक्ष डा.प्रकाश श्रेष्ठले सरकारको नीति तथा कार्यक्रम र बजेट राम्रो भए पनि कमजोर व्यवस्थापनका कारण बजेट कार्यान्वयन हुन नसक्ने भन्दै व्यवस्थापकीय पक्षमा ध्यान दिनुपर्ने आवस्यकता औल्याएका छन् ।
आर्थिक पत्रकार समाजद्धारा आज बुटवलमा आयोजित ‘सार्वजनिक खर्च व्यवस्थापन’ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले मुलुक संघीयतमा कार्यान्वयनको चरणमा रहेकोले सुरुमा केही अन्यौलता रहे पनि बिस्तारै सामान्यीकरण हुदै गएकोले आगामि दिनमा सार्वजनिक खर्च व्यवस्थापन लगायतका बिषय थप व्यवस्थित बन्ने बिश्वास व्यक्त गरे ।


समाचारको मुख्य स्रोत भनेकै तथ्याङ्क रहेको भन्दै उनले तथ्याङ्कको राम्रोसँग अध्ययन गरेर सम्प्रेषण हुने समाचारबाट मात्रै जनताले सहि सूचना प्राप्त गर्न सक्ने भएकाले तथ्याङ्कको आधारमा समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गरे ।
कार्यक्रममा प्रदेश नं ५ का आर्थीक मामिला मन्त्रालय अन्तर्गत बजेट महाशाखा प्रमुख जनार्दन पौडेलले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र तालमेल मिल्ल्न नसक्दा कतिपय अवस्थामा बजेट कार्यान्वयनमा समस्या उत्पन्न हुने गरेको बताउदै समन्वय र सन्तुलन कायम गरेर अगाडी बढ्नुको विकल्प नभएको बताए ।
पुर्व महालेखा परिक्षक सुरेश प्रधानले नीतिमा आधारीत बजेट नआउदा कार्यान्वयनमा समस्या देखिएको भन्दै खल्तीका योजनामा नभएर नीतिमा आधारीत बजेट बनाउनुपर्नेमा जोड दिए ।
आर्थिक कार्यबिधि ऐन र सार्वजनिक खरिद ऐन बाहेक कानून बमोजिमका काम गर्न प्रदेश र स्थानीय तहलाई कुनै समस्या नरहेको स्पष्ट पार्दै उनले बजेटसँग सँगै बार्षिक खरीद कार्ययोजना पेश गर्नुपर्ने व्यवस्था रहेको जानकारी गराए ।
उनले बजेट निर्माणका चरण,बजेट कार्यान्वयन गर्दा पार गर्नुपर्ने चरण लगायत बित्तिय अनुशासनकालागि आवस्यक पर्ने आन्तरीक नियन्त्रण प्रणाली,समय व्यवस्थापन,प्रतिवद्धता प्रणाली,बित्तिय जोखिम लगायतका बिषयमा प्रकास पारेका थिए ।
कार्यक्रममा सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालयका संयोजक रमेश प्रसाद शिवाकोटीले कर्मचारी समायोजनमा देखिएको समस्याका कारण अहिले प्राय सबै प्रदेशहरुको ६५ प्रतिसत भन्दा माथि बजेट खर्च हुन नसक्ने भन्दै आगामि बर्षको बजेट कार्यान्वयन केही सहज हुने बिश्वास व्यक्त गरे ।
बेरुजु देखिएको रकम भ्रष्टाचार भएको भन्ने मानसीकता रहेको भन्दै उनले भने बेरुजु देखिएको सबै रकम भ्रष्टाचार भएको होइन ।
आर्थिक पत्रकार समाजका अध्यक्ष पुष्पराज आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका प्रदेश अध्यक्ष मौशम रोक्का,बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष हरी अर्याल,सेजनका सचिव सुजन वली,सदस्य कृष्ण रिजाल लगायतले आ आफ्नो भनाई राखेका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार