बिपन्न परिवारलाई बाख्रा र कुखुराको चल्ला वितरण - Butwal Online

बाँके । जिल्लाको दुर्गम र पिछडिएको राप्तीसोनारी गाउँपालिका—७ का बिपन्न २० परिवारलाई आयआर्जनका लागि बाख्रा र कुखुराको चल्ला उपलब्ध गराइएको छ ।

कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको ‘जीवीकोपार्जनका लागि साना किसान सहायता परियोजना’ अन्तर्गत सो सहयोग उपलव्ध गराइएको हो । क्लबका अध्यक्ष परवेजअलि सिद्दिकीका अनुसार १२ विपन्न परिवारलाई प्रतिपरिवार १०० वटा कुखुराका चल्ला प्रदान गर्नाका साथै खोर निर्माणका लागि पाँच थान जस्तापाता, एक बण्डल जाली, पाँच बोरा दाना र रु ४० हजार तथा आठ परिवारलाई बाख्रापालनका लागि पाँच बाख्रा, दुईथान जस्तापाता र रु ५५ उपलव्ध गराइएको छ ।

सो वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष रामलखन थारु, कतार च्यारेटीका प्रबन्धक इर्शाद शेष र क्लबका अध्यक्ष सिद्दिकीले विपन्न परिवारका सदस्यहरुलाई बाख्रा र कुखुराका चल्ला हस्तान्तरण गरेका थिए ।

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार