नवलपुरमा २ दिन बिद्युत अबरुद्ध हुने - Butwal Online
नवलपुरमा २ दिन बिद्युत अबरुद्ध हुने

कावासोती ३ जेष्ठ ।  नवलपुर जिल्लाको सदरमुकाम सहित अधिकांश स्थानमा दुई दिन बिद्युत अबरुद्ध हुने भएको छ ।

 

नेपाल बिद्युत प्राधिकरणको प्रगतिनगर सवस्टेशनमा रहेको ट्रान्सफर्मर परिवर्तन गर्नुपर्ने भएकाले जेष्ठ ४ गते बिहान ५ बजेदेखि जेष्ठ ५ गते राती १० बजे सम्म बिद्युत अबरुद्ध हुने प्राधिकरणको कावासोती वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सो अबधीमा केहि ग्राहस्थ ग्राहकहरुका लागि बर्दघाट सवस्टेशनबाट बिद्युत ल्याएर वितरण गरिने भएपनि सो सबैका लागि प्रयाप्त हुनेछैन ।

प्राधिकरणले हाल प्रगतिनगर सव स्टेशनमा रहेको १३२/३३ के.भि. , १५ एमभिए पावरको ट्रान्सफर्मर परिवर्तन गरि ३० एमभिए पावरको ट्रान्सफर्मर जडान गर्ने जनाएको छ । निर्धारित कार्यतालिका अगावै काम सम्पन्न भए बिद्युत आपुर्ति गरिने प्राधिकरणका कावासोती वितरण केन्द्र प्रमुख राजिबकुमार शर्माले जानकारी दिनुभयो । प्राधिकरणले यस बाट ग्राहकहरुलाई पर्न गएको असर प्रति दुःख व्यक्त गरेको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार