Trending
  • मिडिया काउन्सील विधेयक विरुद्ध नवलपुरका पत्रकारको बिरोध - Butwal Online

    कावासोती ३ जेष्ठ । सरकारले मन्त्रिपरिषद्बाट पारित गरि संसदमा छलफलका लागि दर्ता समेत भईसकेको मिडिया काउन्सिल विधेयक बिरुद्धमा नवलपुरमा पनि पत्रकारहरुले बिरोध गरेका छन् ।



    उनिहरुले शुक्रबार आआफ्नो सञ्चार सामाग्री सहित सदरमुकाम कावासोतीमा बिरोध प्रर्दशन गरेका छन् । नेपाल पत्रकार माहासंघ नवलपुरको आयोजनामा लभएको बिरोध प्रर्दशनमा जिल्लाका अधिकांश क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । संसदमा बिचाराधिन बिद्येएकमा प्रेस स्वतन्त्रता बिरोधी प्रावधान राखेको भन्दै पत्रकारहरुले चर्को बिरोध गरेका थिए ।

    नेपाल पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष श्रीराम सिग्देलको नेतृत्वमा र्यायाली सहित निस्किएको बिरोध प्रर्दशन पछि आयोजित कोणसभालाई संबोधन गर्दे उपाध्यक्ष सिग्देलले प्रेस स्वतन्त्रताको बिषयमा कसैसंग सम्झौता गर्न नसकिने बताए । उनले पत्रकारलाइ स्वतन्त्र पुर्वक काम गर्न दिन माग गरेका छन् ।

    कार्यक्रममा पत्रकार महासङ्घ गण्डकी प्रदेश सदस्य राजेश सोनाम, प्रेस युनियन नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुली, बाताबरण पत्रकार मंच नवलपुरका अध्यक्ष शालिकराम कोइराला लगायत जिल्लामा क्रियाशिल अधिकांश पत्रकारहरुको सहभागिता रहेको थियो । यस अघि हिजो जिल्लामा क्रियाशिल पत्रकारहरुले हातमा कालो पट्टी बाधेर काम गरेका थिए ।

    यो पनि पढ्नुहोस 

    नवलपुरमा २ दिन बिद्युत अबरुद्ध हुने

    सदिक्षा गैरे

    सदिक्षा गैरे बुटवल अनलाइनका नवलपुर सम्बादाता हुन् ।

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार