Trending
  • दुई महिनाकी छोरीको हत्या गर्ने आमा प्रहरी हिरासतमा - Butwal Online
    दुई महिनाकी छोरीको हत्या गर्ने आमा प्रहरी हिरासतमा

    गुल्मी, ३ वैशाख 

    आफ्नै छोरीको हत्या गर्ने गुल्मीकी एक आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको दरबार गाउँपालिका ४ का ३६ बर्षीया जमुना विकलाई प्रहरीले हिरासतमा राखि अनुसन्धान भइरहेको जनाएको छ ।



    विकले बिहिबार साँझ करिब ७ बजे दुई महिनाकी छोरी बिस्नु बिकको हत्या गरेको वडाध्यक्ष खुम बहादुर पल्लीले बताए । स्थानीयका अनुसार विकले पटक–पटक छोरीको हत्या प्रयास गरेपनि स्थानीयले जोगाउँदै आएका थिए । आरोपितले छोरीलाई दाउराले कन्चटमा हानेर हत्या गरेकी थिइन् । बालिकाको शव पोेष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ ।

    नेपाल विद्यालय कर्मचारी परिषद् रेसुगां नगरपालिका नगरकार्यसमितिको पुर्नगठन गरिएको छ । अनुज पन्थीको अध्यक्षतामा ११ सदस्यिय समितिको गठन गरिएको छ ।

    जसको उपाध्यक्षमा शान्ता गौतम, अर्थ सचिवमा जित बहादुर खत्री, सचिवमा यम बहादुर बलाल र सह सचिवमा मन्जु केसी लगायत अन्य सदस्यहरु रहनुभएको छ । कार्यक्रम कार्यसमिति सचिव यम बलालको अध्यक्षता, जिल्ला कार्य समिति गुल्मीका सचिव श्याम कुँवरको प्रमुख आतिथ्यता, अर्थ सचिव हिमालय केसीको विशेष आतिथ्यता रहेको थियो ।

    हुमाकान्त पोखरेल

    हुमाकान्त पोखरेल बुटवल अनलाइनका गुल्मी सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार