Trending
  • कृषि बस्तु उत्पादन गर्ने खजुराका किसान नगद सहित पुरस्कृत - Butwal Online

    बाँके, ३ जेष्ठ 
    बढि कृषि जन्य बस्तु उत्पादन गर्ने किसानलाई आज खजुरा गाउँपालिकाले पुरस्कृत गरेको छ । खजुरा गाउँपालिका क्षेत्रका किसानहरुलाई कृषि जन्य उत्पादनका लागी कृषि शाखाले प्रतियोगिता आयोजना गरे बमोजिम छनोट टोलिले धान, गहुँ, च्याउ, आलु, टमाटर बालिमा बढि उत्पादन गर्ने किसानलाई नगद प्रमाणपत्र सहित पुरस्कृत गरेको हो ।



    जसमा धान बालि तर्फ खजुरा २ का गौतम कुमार श्रेष्ठले यू.यस ३१२ जातको धान एक हेक्टरमा ५ मेक्ट्रिकटन उत्पादन गर्दे प्रथम स्थान हासिल गर्दे पुरस्कार थापे भने खजुरा ३ का लुर बहादुर सार्की द्धितिय, खजुरा ३ कै मान बहादुर सार्कि तृतियको पुरस्कार लिए । गहुँखेति तर्फ खजुरा ४ का नारद प्रसाद शर्मा प्रथम हुन सफल रहे ।

    गहुँ उत्पादनमै खजुरा ७ का दिनेश कुमार यादव द्धितिय, खजुरा ३ का चन्द्र बहादुर विश्वकर्मा तृतिय भए । च्याउ उत्पादन गर्नेमा खजुरा ३ का कृष्णमाया गुरुङ्ग प्रथम बनिन भने खजुरा ४ का लिला कुमारी सुनार द्धितिय, खजुरा १ का सैसरा सुनार तृतिय बनिन् । उता आलु उत्पादन तर्फ खजुरा ८ का मुसाफिर साई प्रथम बने । आलु उत्पादनमा खजुरा ४ का भुमि कुमारी कार्कि कडायत द्धितिय बन्न सफल हुदाँ खजुरा ३ का जंग बहादुर काला थापा तृतिय भए ।

    त्यस्तै टमाटर धेरै उत्पादन गर्नेमा खजुरा २ का विरेन्द्र मुराउले प्रथम स्थान हासिल गर्न सफल रहे । टमाटर बढि उत्पादन गर्ने खजुरा २ का देव बहादुर खत्रि द्धितिय हुदाँ खजुरा २ कै दुर्गा बहादुर थापा तृतिय भए । सम्पुर्ण किसानहरुलाई १० हजार, ५ हजार, ३ हजार र २ हजारका दरले नगद पुरस्कार खजुरा गाउँपालिकाका अध्यक्ष किष्मत कुमार कक्षपतिले वितरण गरेका थिए ।

    गाउँ पालिकाका सबै वडाका वडाध्यक्षको पुरस्कार वितरण कार्यक्रममा सहभागिता रहेको थियो । किसानलाई पुरस्कार वितरण सगै खजुरा गाउँपालिका कृषि शाखाबाट साना सिँचाई कार्यक्रम पाएको समुहहरुलाई पनि आजै कृषि सामाग्रीहरु वितरण गरीएको थियो । गाउँपालिकाका ६ वटा व्यवसायिक कृषक समुहहरुलाई सिचाई सम्बन्धि सामाग्री वितरण गरिएको कृषि शाखाले जनाएको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार