सरकारले प्रेस काउन्सिल बिधयेक पारित गरे पत्रकार महासंघ लाई मान्य नहुने - Butwal Online

भैरहवा,३ जेठ 

नेपाल पत्रकार महासंघ प्रदेश नं ५ अध्यक्ष मौसम रोक्काले सरकारले जस्ताको त्यस्तै बिधयेक पारित गरे पत्रकार महासंघ लाई मान्य नहुने बताउनु भएको छ । शुक्रबार जिल्ला प्रसासन कार्यालय रुपन्देहीमा नेपाल पत्रकार महासंघ प्रदेश ५ र रुपन्देहीले गरेको बिरोध प्रदर्शन कार्यक्रममा बोल्दै रोक्काले सरकारले ल्याएको प्रेस काउन्सिल बिधयेक प्रति आफुहरुको असहमती रहे सम्म बिधयेक मान्य नहुने बताउनु भएको हो ।

प्रेस काउन्सिल बिधेयकमा मुख्य रुपमा दुई वटा कुरामा आफुहरुको बिमती रहेको रोक्काले बताउनु भएको छ । प्रेस काउन्सिललाई संघीय लोकतान्त्रीक गणतन्त्रको मर्म अनुशार प्रदेश तह सम्म बिस्तार गरेर बढि भन्दा बढी स्वायत्त बनाउने स्वतन्त्र नियमनकारी संस्थाको रुपमा स्थापित गरिनु पर्छ भनिरहदा अहिले प्रस्तुत भएको बिधयेक सरकारको हुलाक अथवा मुıण बिभागको इकाइको रुपमा प्रस्तुत गरिएको प्रति रोक्काले आपत्ती जनाउनु भयो । रोक्काले आक्रो तर्फ सरकारले बिश्वब्यापी मान्यताको बिपरित हुने गरि काउन्सिललेनै पत्रकार अथवा स्वतन्त्र संचार माध्यमलाई कारवाही गर्न सक्ने गरि अदालतले गर्ने काम पनि काउन्सिलले गर्न सक्ने प्रस्तावहरु अघि सारिएकोमा आफुहरुको बिरोध रहेको बताउनु भयो ।

यसैगरी कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष बालकृष्ण चापागाईले सरकार दलाल र बिचौलियाको फन्दामा परेर यस खालको बिधयेक ल्याएको बताउनु भएको छ । हिजो पंचायत र राजा संग लडेको प्रेस लाई फेरी पनि चलाउन खोजे सरकार ढल्न केही बेर नलाग्ने चापागाईले दावी गर्नु भयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष बिनोद पहाडीे सरकारलाई दुई तिहाई बहुमतको दम्भले गर्दा प्रेस स्वतन्त्रता माथी प्रहार गरेको बताउनु भएको छ ।

पत्रकारहरुले जिल्ला प्रशासन कार्यलय रुपन्देही भैरहवामा पुगी क्यामेरा, ल्यापटप, रेकर्डर भूइमा राखेर सरकारले ल्याएको मिडिया विधेयक अत्यन्तै घातक भएकाले तत्काल फिर्ता गर्न आग्रह गरेका हुन्।

कार्यक्रममा रुपन्देहीमा क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रेस चौतारी रुपन्देहीका कोषाध्यक्ष तथा लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष नरेश केसी, प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष भुवन कार्की, प्रेस युनियन रुपन्देहीका अध्यक्ष रेखा भुसाल, जनपत्रकार संघ रुपन्देहीका अध्यक्ष शिव डुम्रे लगायतले एक्यबद्धता जनाउनु भएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेको स्वागत तथा अध्यक्ष यानेन्ı जिसीको मन्तव्य सहित समापन भएको थियो ।

कार्यक्रममा बरिष्ठ पत्रकार नारयण सापकोटा, चेतन पन्त, माधब नेपाललगायत नेपाल पत्रकार महासंघ आवद्ध सदस्यहरुको उपस्थिति रहेको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार