राष्ट्र संघका पुर्व महासचिव यु थान्टको मुर्ती अनावरण - Butwal Online

 भैरहवा, ३ जेठ
प्रदेश नं ५ उधोग, बन, पर्यटन तथा बातावरण मन्त्री लिला गिरीले लुम्बिनी संसारभर चिनाउने मौका आएको बताएका छन् । लुम्बिनी अन्तराष्ट्रिय पर्यटन केन्द्र रहेकोले लुम्बिनीलाई संसारभर चिनाएर नेपालको पर्यटनको बिकास गर्ने समय आएको जानकारी उनले बताए ।


लुम्बिनीमा शुक्रबार भएको संयुक्त राष्ट्र संघको पुर्व महासचिव यु थान्टको मुर्ती अनावरण कार्यक्रमको बोल्दै मन्त्री गिरीले संसारका बुद्ध धर्म मान्ने पर्यटकहरुलाई लुम्बिनी ल्याउन सके मुलुक समृद्धी तर्फ जाने बताए । महात्मा गौतम बुद्धको संदेश संसारभर फैलाउनुनै मुख्य उपलब्धी हुनेछ उनले भने ।
कार्यक्रममा यु थान्टका नाती डा. थान्ट मिन्ट यु ले आÏनो हजुरबुवाको मुर्ति अनावरण गर्दै लुम्बिनी आफुहरुको सबैभन्दा ठुलो धार्मिक स्थल रहेकोले लुम्बिनी प्रति माया सदैव लाग्ने बताए ।

लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिछु मैतयले यु थान्ट लुम्बिनीको लागी अहम ब्यक्तित्व रहेको बताए ।
सन् १९६७ को एप्रिलमा लुम्बिनी भ्रमण गर्ने क्रममा यु थान्तले आÏनो जिन्दगीको सबैभन्दा महत्वपुर्ण दिन त्यही दिन रहेको बताएको र राष्ट्रसंघ मार्फत लुम्बिनीको बिकासको लागी बिभिन्न पहल तथा कदम चालेका थिए ।

मुर्ती अनावरण कार्यक्रममा होटल कसाईका संचालक डा. तकुशीन कसाई, प्रदेश सभा सदस्य फकरुद्धिन खा, राष्ट्रिय सभा सदस्य दुर्गा उपाध्याय लगायतको उपस्थिती रहेको थियो । मुर्ति लुम्बिनी बिकास कोष र होटल कसाईको सहयोगमा स्थापना गरिएको हो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार