रुपन्देहीको कन्चनमा बिस्फोट कटैयामा होक्स बम फेला - Butwal Online
रुपन्देहीको कन्चनमा बिस्फोट कटैयामा होक्स बम फेला

बुटवल,४ जेठ
रुपन्देहीको कन्चन गाउपालीका वडा नं २ कन्चन खोला नजिकै बिस्फोट भएको छ भने ओमसतिया १ कटैयामा संकास्पद बस्तु फेला परेको छ ।


कन्चन गाउपालिकाको कन्चनखोला नजिकैको खाली चौरमा आज बिहान ४ बजे सिलिण्डर बिस्फोट गराइएको हो ।
बिहान ४ बजे नै बिस्फोट भए पनि स्थानीयहरुले बिहान ७.३० बजे मात्रै प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
बिस्फोट बाट ठुलो आवाज आए पनि कुनै क्षेतीभने नभएको प्रहरीले जनाएको छ ।
त्यसैगरी रुपन्देहीकै ओमसतीया १ कटैयामा होक्स बम फेला परेको छ ।
खतरा लेखिएको डिब्बामा राखीएको संकास्पद बस्तु होक्स बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

बम कसले र किन राखिएको भन्ने नखुले पनि बिप्लव नेतृत्वको नेकपाले राखेको हुन सक्ने सूरक्षा निकायको आशंका छ ।
प्रधानमन्त्री ओली जहाँ गयो त्यही बन्द आह्वान गर्ने बताउदै आएको नेकपाले आज प्रधानमन्त्री ओली लुम्बिनी आउने कार्यक्रमलाई लक्षीत गरी बम राखेको हुन सक्ने आशंका गरीएको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार