Trending
  • प्रहरीद्धारा ठुलो परिमाणमा गाँजा नष्ट,सदरमुकाम तानसेनमै फाँडियो ४ हजार बढी बोट - Butwal Online

    वैशाख ४,पाल्पा
    जिल्ला प्रहरी कार्यालय पाल्पाले ठुलो परिमाणमा लागुऔषध गाजाको बोट नष्ट गरेको छ । सदरमुकाम तानसेन भित्रै लागुऔषध गाजाको व्यवसायिक खेती हुने गरेको सुराकीको आधारमा स्थानियको समन्वयमा गाजा खेति नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमखु प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले बताउनुभयो ।



    सामुदायिक प्रहरी साझेदारी कार्याक्रम अन्तर्गत स्थानियकै सक्रियतामा ४ हजार बढी गाजाको बोट फडानी गरेको प्रहरी उपरिक्षक पोखरेलले बताउनुभयो ।
    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक कृष्णराज सापकोटाको कमाण्डमा खाटिएको प्रहरी,स्थानिय,समाजसेवि,नागरिक समाज,पत्रकार लगायतको रोहवरमा लागुऔषध गाजाका ४ हजार बढी बोट नष्ट गरिएको हो ।

    तानसेन नगरपालिका वडा नम्बर ६ भिमसेन टोलमा रहेको एक कठ्ठा खालि जग्गामा व्यवसायिक रुपमै लागुऔषध गाजाको खेती गरेको जानकारी प्राप्त भएको आधारमा तत्काल उक्त स्थानमा पुगी कलकलाउदो गाजालाई नष्ट गरिएको प्रहरी नायब उपरिक्षक कृष्णराज सापकोटाले बताउनुभयो ।

    गाजा नष्ट प्रश्चात जग्गावाला र स्थानियसँग सोधपुछ भईरहेको र खेति व्यवसायिक हो या प्रकृतिक रुपमा उम्रेको हो भन्ने बारे थप अनुशन्धान भईरहेको प्रहरी नायब उपरिक्षक सापकोटाको भनाई छ । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय पाल्पाले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदायसँग मिलेर सचेतनामुलक कार्यक्रम देखि विकृति विसंगती न्यूनीकरणका कार्याक्रम सञ्चालन गर्दै आएको छ ।

    सुनिल कार्की

    सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार