आगामि बर्षको बजेट ८ महिनामै सकेर थप बजेट माग गर्छौ ः उपाध्यक्ष श्रेष्ठ - Butwal Online

बुटवल, जेठ 
आगामि बर्षको बजेट ८ महिनामै सक्ने कार्ययोजना सहित बजेटको तयारी भएको प्रदेश योजना आयोग उपाध्यक्ष डा.प्रकाश कुमार श्रेठले बताएका छन् ।


बुटवल अनलाइनसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले कर्मचारी समायोजनमा भएको ढिलाई लगायतका समस्याका कारण चालु आर्थीक बर्षको बजेट पुर्ण रुपमा खर्च हुन नसक्ने र आगामि बर्षको बजेट ८ महिनामै सक्नेगरी तयारी गरीएको जानकारी दिए ।

८ महिनामै बजेट सकेपछि संघीय सरकारसँग थप बजेट माग गरेर अन्य कार्यक्रम सञ्चालन गर्नकालाथि बिनियोजित बजेट ८ महिनामै सक्ने लक्ष लिइएको उनले बताए । चालु आर्थीक बर्षको बजेट भने ६० देखि ७० प्रतिसत सम्म मात्रै खर्च हुन सक्ने उनले बताए ।
बजेटको तयारी र प्राथामिकता बारे राखिएको जिज्ञासमा उनले चालु आर्थीक बर्षमा सुरु गरिएका क्रमागत योजना र अधुरा योजनाहरुलाई पुरा गर्ने गरी बजेट ल्याइने उल्लेख गरे ।
उत्पादन,रोजगार,कृषि र उद्योगलाई प्राथमिकतामा राखेर बजेट बनाइने बताउदै उपाध्यक्ष श्रेष्ठले कृषि पढेका युवाहरुलाई लक्षीत गरी युवा कृषि कार्यक्रम लागु गर्ने तयारी भैरहेको जानकारी समेत दिए ।

कृषि पेशालाई थप व्यवस्थित बनाउन कृषिलाई यान्त्रिकरण गर्ने र बजारीकरणका लागि समेत कार्यक्रम ल्याइने उनले बताए ।
अहिले मन्त्रालयगत रुपमा कार्यक्रम माग गरीएको र सबै मन्त्रालयहरुबाट माग भई आएका योजनाहरुको बारेमा छलफल गरेर निष्कर्षमा पुगिने बताए ।
आगामि बर्षको बजेटको आकार बारेको जिज्ञासामा उपाध्यक्ष श्रेष्ठले संघीय सरकारको बजेट नआइकन ठ्याक्कै यत्तिको बजेट आउछ भन्न नसकिने भए पनि करिब ३६÷३७ अर्ब सम्मको बजेट आउन सक्ने जानकारी दिए ।

प्रदेशको स्थायी राजधानीको संरचना निर्माणकालागि पनि बजेट बिनियोजन हुन्छकी भन्ने जिज्ञासमा उनले राजधानीको टुंगो नलागेकोले राजधानीका लागि आवस्यक पर्ने संरचना निर्माणका लागि यस पटक बजेट नछुट्टयाउने जानकारी दिदै राजधानीको गुरुयोजना निर्माणकालागि भने बजेट बिनियोजन गरीने बताए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार