Trending
  • ओरियन्टेसन तथा करियर काउन्सेलिङ्ग कार्यक्रम सम्पन्न - Butwal Online

    बुटवल, ५ जेष्ठ 

    ओर्याकल एजुकेशन जोनको आयोजनामा ओरियन्टेसन तथा करियर काउन्सेलिङ्ग कार्यक्रम सम्पन्न भएको छ । बुटवलमा आयोजित एक कार्यक्रममा दश जोड दुई मा विज्ञान विषय लिई आफ्नो अध्ययन पूरा गरेका विधार्थीहरुलाइ लक्षित गरि आगामि दिनमा पढ्न सकिने विषयहरु र जनशक्तीको खपतको बारेमा जानकारी गराइएको थियो ।



    ओर्याकल एजुकेशन जोनले बुटवलमा रहि विगत ३ वर्ष देखि पारामेडिकल, अप्लाइड साइन्स अन्तर्गत नर्शिङ्ग, ल्याब टेक्नोलोजी, फार्मेसी, कृषि, भेटेरिनरी, वन, फुड टेक लगायतका स्नातक तहका विषयहरुको लागि प्रवेश परिक्षालाइ लक्षित गर्दै तयारी कक्षा संचालन गर्दै आएको छ । यस क्षेत्रमै उत्कृष्ट नतिजा निकाल्न सफल भएको दाबी यस संस्थाका एमडि आशिष न्यौपानेको रहेको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार