Trending
  • रुपन्देहीको तिलोत्तमामा फल्यो लटरम्म स्याउँ (भिडियो) - Butwal Online

    बुटवल, ६ बैशाख

    हिमाल र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ तराईमा फलेको छ । हिमाल र उच्च पहाडि क्षेत्रमा फल्ने चिलिङ्ग जातको स्याउ रुपन्देही फलेको हो ।



    तिलोत्तमामा रहेको लुम्बिनी नर्सरीले े चिलिङ्ग जातको स्याउ फलाएको हो । यसको बोट भारतको कलकत्ताबाट ल्याइएको थियो । दुईवर्ष अघि सो जातको स्याउको बिरुवा नर्सरीका सञ्चालक रमेश पाण्डेले लगाएका थिए । जंगली प्रजातिको मिलिङ्ग जातको स्याउको बोटमा लो चिलिङ्ग जातको बोटको कलमेबाट यो स्याउको बोट तयार गरिएको हो । चिसो नभएको स्थानमा समेत यो जातको स्याउ फलेको लुम्बिनी नर्सरीका सञ्चालक रमेश पाण्डेले बताए ।

    ५० वटा विरुवाको ग्रासिङ गरी लो मिलिङ्ग जात तयार गरिएको बताइएको छ । सामान्यत स्याउ हिमाली र उच्च पहाडी क्षेत्रमा असारमा फल लाग्छ । तर गर्मी मौसमका कारण तराईमा बैशाखमै फल देखिएको छ । गत वर्ष आधा दर्जन फलमात्रै पाकेको थियो । यो वर्ष फल झरेन भने ५० केजी स्याउ उत्पादन हुने अपेक्षा गरिएको छ ।

    नर्सरी सञ्चालक पाण्डेले बोटमा रहेका सबै फल पाकेमा अर्काे वर्ष व्यवसायिक खेती नै शुरु गर्ने योजना बनाएका छन् । स्याउको बोटमा कुनै प्रकृतिको किटनाशक औषधि नराखी सामान्य मल र पानीमात्रै राख्दा पनि स्याउको बोटमा फल लागेको हो । कृषि विज्ञहरु भने तराईमा फल्ने स्याउको स्वाद नहुने दाबि गरेपनि लुम्बिनी नर्सरीमा फलेको स्याउमा भने गुलियो स्वाद रहेको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार