Trending
  • एसियन फर्मास्युटिकल्स प्रालिमा भिषण आगलागी - Butwal Online
    एसियन फर्मास्युटिकल्स प्रालिमा भिषण आगलागी

    रुपन्देही ६ जेष्ठ 

    रुपन्देहीस्थित एसियन फर्मास्युटिकल्स प्रालिमा भिषण आगलागी भएको छ। ओमशतिया गाउपालिकाको वडा नम्वर १ खुन्सामा रहेको एसियन फर्मास्युटिकल्स प्रालि को नयाँ भवनमा आगलागी भएको हो । उद्योगमा अपरान्ह ४ बजे एक्कासी आगलागी भएको हो।



    आगलागीबाट उत्पादन गरेर बजार पठाउन लागिएका औषधि जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट ३० देखि ४० करोडजतिको क्षति भएको अनुमान गरिएको छ।

    आगो नियन्त्रणको प्रयास भईरहेपनि अहिलेसम्म नियन्त्रण हुन सकेको छैन ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार