Trending
  • राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा, विमल घर्तीमगर टोलीमा परेनन् - Butwal Online

    काठमाडौँ, ६ जेठ 

    मलेशिया र चाइनिज ताइपेविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि आज नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गरिएको छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले विराज महर्जनको कप्तानीमा २३ सदस्सीय नेपाली टोलीको घोषणा गर्नुभएको हो ।



    नेपालले आगामी जुन २ मा मलेशियासँग र जुन ६ मा चाइनिज ताईपेसँग खेल्दैछ । फरर्वाड विमल घर्तीमगर र भरत खवास टोलीमा परेनन् । फिटनेसमा कमजोर भएका कारण विमल टोलीमा अटाएनन् भने भरत चोटका कारण समावेश नभएका हुन् ।

    त्यस्तै मिडफिल्डर हेमन गुरुङ, डिफेन्डर कमल श्रेष्ठ र दिनेश राजवंशी पनि टोलीमा परेनन् । नेपाली टोलीमा युवा खेलाडी अभिषेक रिजालले पहिलो पटक स्थान बनाए ।

    नेपाली टिम :

    गोलकिपर  : किरणकुमार लिम्बु, विकेश कुथु र एलेन न्यौपाने छन् ।

    डिफेन्डर : विराज महर्जन, अनन्त तामाङ, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तामाङ, अजित भण्डारी र रवि

    सिलवाल छन्

    मिडफिल्डर :  रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, सुमन बल, रवि पासवान, सुजल श्रेष्ठ, बिमल राना र विशाल राई छन्

    फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, तेज तामाङ र नवयुग श्रेष्ठ छन् ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार