जापनिज नागरिक ओकेबाजेलाई तानसेन नगरको साँचो हस्तान्तरण - Butwal Online

पाल्पा ६ जेष्ठ 

२५ वर्षसम्म विभिन्न स्थानमा आर्थिक, भौतिक सहयोग गरेर समाज सेवा गर्नुभएका जापानी नागरिक ओकेबाजेलाई साँचो हस्तान्तरण गरिएको छ ।

तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले तानसेन र आसपासमा शिक्षा, स्वास्थ्य, सामाजिक रुपान्तरण, खेलकूद लगायतको क्षेत्रमा सामाजिक काम मार्फत पुर्याएको योगदानको कदर स्वरुप सोमबार साँचो हस्तान्तरण गर्नुभएको हो ।

साँचो हस्तान्तरणका क्रममा नगरप्रमुख शाहीले विकासमा सहयोग पुर्याएको योगदानको चर्चा गर्दै आगामि दिनमा समेत विकासमा हातेमालो गर्न आग्रह गर्नुभयो । कार्यक्रममा समाजसेवी ओकेबाजेले आफूलाई नगरपालिकाले गरेको सम्मानले अझै समाजसेवामा लाग्ने प्रेरणा मिलेको बताउनुभयो ।

सुनिल कार्की

सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार