उदघोषक तथा क्षमता अभिवृदि तालिम सम्पन्न - Butwal Online
उदघोषक तथा क्षमता अभिवृदि तालिम सम्पन्न

नवलपरासी, ६ जेष्ठ 

नवलपरासीको प्रतापपुर गाउपालिका वडा नं ६ गुठी परसौनीमा गाऊपालिका स्तरिय ५ दिने उदघोषक तथा क्षमता अभिवृदि तालीम सम्पन्न भएको छ ।


प्रतापपुर गाउपालिका वडा नं ६ को आयोजना तथा मानव विकाश अध्यन केन्द्र नवलपरासीको समन्वयमा उक्त तालिम सम्पन्न भएको हो । कार्यक्रममा बृजराज कुशवाहाको अध्यक्षता तथा प्रतापपुर गाउपालिका वडा नं ६ का वडाध्यक्ष रामहरि उपाध्यायको प्रमुख अथित्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यले तालिममा सिकेका कुराहरु ब्यवहारमा लागु गरी यसलाई सदुपयोग गर्न जरुरी रहेको बताऊनु भयो । यस किसीमको तालिमले युवाहरुलाई नयाँ किसीमको क्षमता विकाशमा टेवा पुर्याऊनुको साथै यसलाई अझै प्रभावकारी बनाऊन जरुरी रहेको उपाध्यले धारणा ब्यक्त गर्नु भयो।
कार्यक्रममा शसस्त्र प्रहरी निरिक्षक पृथ्वी बहादुर शाही, गुठी परसौनी प्रहरी चौकी ईन्चार्ज घनश्याम रिमाल, सहबान अन्सारी, संजय कुशवाहा,दयाराम यादव लगायतहरुको उपस्थिति रहेको थियो।
तालिममा प्रतापपुर गाऊपालिका वडा नं ६का ३० जनाको सहभागिता रहेको तालिममा बृजराज कुशवाहा, शाईदा निशा पठान,उमेश बिक प्रशिक्षण दिनु भएको थियो।

सहबान अन्सारी

सहबान अन्सारी बुटवल अनलाइनका नवलपरासी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार