Trending
  • बाल अधिकारकाे लागि सचेतनामुलक कार्यक्रम रूरूमा सम्पन्न - Butwal Online
    बाल अधिकारकाे लागि सचेतनामुलक कार्यक्रम रूरूमा सम्पन्न

    गुल्मी, ७ जेठ

    बाल अधिकार सुनिश्चित गर्ने उदेश्यले बाल उथ्थान तथा समाज विकास केन्द्र, गुल्मीले प्रत्येक स्थानीय तहमा `बाल अधिकारकाे लागि पहल तथा सचेतनामुलक कार्यक्रम´ सुरू गरेकाे छ ।



    सँस्थाकाे अायाेजना तथा ५ नम्बर प्रदेशकाे सामाजिक विकास मन्त्रालयकाे अार्थिक सहयाेगमा कार्यक्रम सुरू गरिएकाे हाे । विध्यालयका बालबालिकाहरूलाई उनीहरूकाे अधिकारका बिषयमा जानकार गराउने, भइरहका बालश्रमकाे अन्त्य गर्ने, सबै बालबालिकाहरूलाई विध्यालयकाे पहुँचमा पुर्याउने लगायतका उदेश्यले सचेतनामुलक कार्यक्रम सुरू गरिएकाे हाे । कार्यक्रमकाे पहिलाे चरणमा उसले रूरू गाँउपालिका ४ स्थित जनबाेध माध्यमिक विध्यालयमा बाल क्लवसमेत गठन गरेकाे छ ।

    विध्यार्थी असिम अर्यालकाे अध्यक्षतामा नाै सदस्यीय बाल क्लवकाे गठन गरिएकाे हाे । जसकाे सचिवमा मनिशा पाण्डे, काेषाध्यक्षमा स्मूर्ती पाेख्रेल लगायत अन्य सदस्यहरू रहेकाे सँस्थाका अध्यक्ष प्रकाश चालिसेले जानकारी दिए । तालिममा सँस्थाका सल्लाहकार भरत चन्दले प्रमुख प्रशिक्षकाे भुमिका निर्वाह गरेका थिए ।

    सम्बन्धित स्थानीय तहका बाल-बालिकाका गतिविधिहरू सक्रिय बनाउने, कसैले बाल अधिकार हनन गरेकाे पाइएमा उनीहरूकाे उथ्थान र पिडकलाई कारवाहिकाे लागि पहल गर्ने काम बाल क्लवले गर्नेछ । त्यस्तै स्थानीय सरकारसँग मिलेर बालश्रमकाे अन्त्य गरि बालअधिकार सुनिश्चित गर्न पनि विध्यालयमा गठन गरिएकाे बाल क्लवले भुमिका खेल्ने कार्यक्रम संयाेजक किसन पाण्डेले जानकारी दिए ।

    कार्यक्रममा बाेल्दै विध्यालयका निमित्त प्रध्यानाध्यापक देविराम कुँवरले यस्ताे कार्यक्रमले सरकारकाे विध्यालय भर्ना अभियानलाई समेत सहयाेग पुग्ने बताए । बाल उथ्थान तथा समाज विकास केन्द्र, गुल्मीले अन्य स्थानीय तहमा पनि क्रमश बालक्लवहरू गठन गर्ने र बालबालिकाका क्रियाकलापहरूलाई सक्रियताका साथ संचालन गर्ने जनाएकाे छ ।

    हुमाकान्त पोखरेल

    हुमाकान्त पोखरेल बुटवल अनलाइनका गुल्मी सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार