Trending
  • साथीको हत्या गरि सालझण्डी जंगलमा लगेर फाल्ने ४ जना पक्राउ - Butwal Online

    बुटवल, ८ जेष्ठ 

    इलाका प्रहरी कार्यालय बुटवलले चिरञ्जिबी आचार्यको हत्या अरोपमा पक्राउ परेका ४ जनालाइ आज सार्बजनिक गरेको छ ।



    रुपन्देहीको पुर्वपश्चिम राजमार्ग अन्तरगत सैनामैना नगरपालिका वडा नं १० सालझण्डी सामुदायिक वनमा गत जेष्ठ ६ गते २७ बर्षिय चिरञ्जिबी आचार्यको शव फेला पारेको थियो ।

    सोही हत्याको आरोपमा आज इलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरी प्रहरीले हत्यामा संलग्न ४ जनालाई सार्बजनिक गरेको हो ।

    कपिलवस्तु बाणगंगा ६ का ३३ वर्षिय रमेश बिक, २८ बर्षिय गोपाल खनाल, २४ बर्षिय बसन्त खत्री र २० वर्षिय राजु गुरुगंले ५ गते राति स्थानीय रेष्टुरेण्टमा मदिरा सेवन गरेका थिए। मदिरा सेवन गरे पश्चात मोवाइल हराएको बिषयमा बिवाद बढ्दै गए पछी आचार्यकै मोटरसाइकलमा जंगलमा लगि हत्या गरी भागेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । हत्यामा सम्लग्न ४ जनालाई नै प्रहरीले पक्राउ गरेको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार