श्री गोरखदल गणद्धारा ‘रानिमहलमा’ बृहत सरसफाई – फोटो फिचर - Butwal Online

पाल्पा ,८ जेष्ठ 
पाल्पा स्थित नेपाली सेनाको श्री गोरखदल गणले प्रेमको प्रतिक रानिमहलको बृहत सरसफाई गरेको छ । आन्तरिक तथा बाह्य पर्यटको आकर्षणको रुपमा परिचित रानिमहललाई थप आकर्षक बनाउन सरसफाई कार्यक्रम गरेको श्री गोरखदल गण अमरगञ्जले जनाएको छ ।


गणको ४० बढी सकलदर्जा,तनासेन नगरपालिकाको सरसफाई शाखा,डिभिजन वन कार्यालय, रानिमहलको सुरक्षार्थ खाटिएको प्रहरी युनिट लगायतले सरसफाईमा सहभागी भएका थिए । श्री गोरखदल गणका गणपति सुरज थापा सहित गएको सेनाको डफाले रानिमहलको प्रवेश क्षेत्र देखि प्रङ्गण,महलको पानि पोखरी, महलको भित्री एवं बाहिरी क्षेत्रमा सरसफाई गरि उक्त स्थानबाट निस्केको फोहोरको ब्यवस्थापन पनि गरेको छ
प्रेम जोडिको आकर्षक गन्तब्य मानिने रानिमहललाई थप स्वच्छ, हराबरा र सरसफाई युक्त बनाउन सरसफाई कार्यक्रमको आयोजना गरिएको गणका गणपति सुरज थापाले बताउनुभयो । कार्य क्षेत्र भित्रको एैतिहासिक महत्व बोेकेको सम्पदा र धरोहरको संरक्षण र प्रर्वद्धनमा टेवा पु्याउने दायित्व सेनाको पनि भएकोले यस्ता खाले सामाजिक कामलाई तिव्र परिएको गणपति थापाले बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर १३ का वडा अध्यक्ष टुक प्रसाद भट्राईले सेनाले रानिमहलको सरसफाईमा पु्याएको सहयोगको प्रशंसा गर्दै वडाले सिमित स्रोत र साधनको कारण गर्न नसकि रहेको अवस्थामा सेनाले राम्रो कार्य गरेको बताउनुभयो ।
गणका मेजर मनोज डंगोलले नेपाली सेना भनेको हतियार गोली गठ्ठमा मात्र सिमित नरही आवश्यकता परेको बखत सामजिक हित ,परोपकार, जनश्र्रमदान, सरसफाई , सचेतनामुलक कार्यक्रम गर्न पनि त्यतिकै सक्रिय रहेको बताउनुभयो ।

सेनाको आयोजनामा भएको सरसफाई कार्यक्रमलाई तानसेन नगरपालिकाले पनि साथ दिर्दै आएको छ । उक्त सरसफाई कार्यक्रममा तानसेन नगरपालिकाको सरसफाई शाखा प्रमुख शंकर भण्डारी सहितको टोलीले सरसफाई कार्यक्रमलाई साथ दिएको थियो । सरसफाई शाखा प्रमुख भण्डारीले स्थानिय तह तानसेन नगरपालिकाले स्वच्छ, स्वस्थ र हरित शहर निर्माणका लागि गुरुयोजना अनुरप काम गर्दै आएको भए पनि कतिय अवस्थामा जनशक्ति अभावले गर्न नसकेको काममा सेनाले पु्याएको योगदानप्रति तानसेन नगरपालिक सधै ऋणि रहने बताउनुभयो ।

पाल्पा स्थित नेपाली सेनाको गोरखदल गणले गणको १४० औं बार्षिक उत्सबको अवसरमा सप्ताहव्यापी कार्यक्रमै आयोजना गरिे तानसेन नगरपालिका, स्थानिय सरोकारवाल, जनप्रतिनिधि , विद्यार्थी र विद्यालयको समन्वयमा विभिन्न कार्यक्रमको सम्पन्न गरि सकेको छ । गणले तानसेन नगरपालिकाको विभिन्न स्थानमा स्वच्क्ष खानेपानिको ब्यवस्था,सार्वजनिक शौचालय निर्माण, किशोरीको लागि आत्मरक्षा तालिम,राजमार्गको सरसफाई,नेपाली सेना र नागरिकविच नेपाली सेना बारे जानकारी आदनप्रदान ,बृहत बजार सरसफाई ,स्वस्थ्य शिविर सञ्चालन लगायतका थुप्रै सामाजिक काम सम्पन्न गरिसकेको छ ।

फोटो फिचर

सुनिल कार्की

सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार