गुल्मीमा परीक्षा दिएर फर्कदै गर्दा करेन्ट लागेर मृत्यु - Butwal Online
गुल्मीमा परीक्षा दिएर फर्कदै गर्दा करेन्ट लागेर मृत्यु

गुल्मी, ९ जेठ 
गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । कक्षा ११ को परिक्षा दिएर अर्जेबाट आफ्नो घर नेटा मा जाँदै गरेकी नेटा भलखाँडाकी विनिता रसाइलीको मृत्यु भएको छ ।

भने उनकी साथी मालिका गाउँपालिका ६ अर्जे घर भएकी जुना विक गम्भिर घाइते भएको स्थानिय चन्द्र वहादुर महताराले जानकारी दिए ।
घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेकाे छ । एकआपसमा हात समातेर हिड्दा एक्कासी करेन्ट लागेको बताइएको छ । भने विस्तृत रुपमा के कारणले करेन्ट लागेको भन्ने अझै खुलेको छैन ।

हुमाकान्त पोखरेल

हुमाकान्त पोखरेल बुटवल अनलाइनका गुल्मी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार