काँग्रेस नवलपुरले अव टोल टोलमा जागरण अभियान चलाउने - Butwal Online
काँग्रेस नवलपुरले अव टोल टोलमा जागरण अभियान चलाउने

नवलपुर, १० जेष्ठ 
नेपाली काँग्रेस जिल्ला कार्य समिति नवलपुरको शुक्रबार कावासोतीमा सम्पन्न वैठकले पार्टीको राष्ट्रिय जागरण अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउन सवै पालिकामा जिल्ला सदस्यहरुलाई जिम्मेवारी दिएर पठाउने निर्णय गरेको छ ।


काँग्रेसले प्रत्येक टोल टोलमा कार्यकर्तामाझ जागरण ल्याउनका लागि सवै स्थानीय तहमा जेठ १८ गते देखि लगातार एक हप्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पार्टी सचिव बालकृष्ण घिमिरेले बताउनुभयो । काग्रेसले जेठ १८ गते विनयी त्रिबेणीमा कार्यक्रम गर्ने र त्यसको जिम्मेवारी पार्टीका जिल्ला सदस्य राजकुमार महतो र गोमा वस्याललाई दिने निर्णय गरेको छ ।

त्यसैगरी १९ गते मध्यविन्दुमा जिल्ला सदस्य कमल पराजुली (संयोजक) , चन्द्र बहादुर दरै, विना कुमारी महतो र राजेन्द्र भट्टराइ रहेको टोली खटाएको छ भने २० गते सदरमुकाम कावासोतीमा कार्यक्रम गर्न जिल्ला सदस्य होमराज रानाभाटको संयोजकत्वमा सिता कुँवर , दुर्गा प्रसाद अधिकारी र झण्डाराम महतोलाई खटाएको छ ।

जेठ २१ गते हुप्सेकोटमा कार्यक्रम सम्पन्न गर्नका लागि डिल्लीराम कडरीया र पूर्ण सिं रानामगरलाई जिम्मा दिएको छ भने २२ गते गैडाकोटमा कार्यक्रम गर्नका लागि जिल्ला सचिव घिमिरेको नेतृत्वमा बालकृष्ण घिमिरे(संयोजक) , कमला तिवारी र विष्णुदेवी पाण्डे लाई जिम्मा दिने निर्णय काँग्रेसले गरेको छ ।
उदयराज अर्याल को संयोजकत्वमा धर्मराज वस्याल , राजेन्द्र पराजुली र सरस्वती तिमिल्सिना लाई जेठ २३ गते कार्यक्रम गर्न देवचुली नगरपालिकामा खटाएको छ भने रेवती सारु र इन्द्र वहादुर फाल मगरलाई बौदीकाली र खड्ग बहादुर कमाल र कमानसिंह थापा मगरलाई बुलिङटार गाउँपालिकाको जिम्मेवारी दिएको पार्टीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

देश व्यापी रुपमा चलिरहेको जागरण अभियानमा सुस्तता आएको आरोप खेपेको काँग्रेसले नवलपुरका सवै पालिकामा कार्यकर्ताहरुमाझ जागरण ल्याउने र पार्टी प्रति इमान्दार वनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार