Trending
  • धानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ विजयी - Butwal Online

    काठमाडौँ, ११ जेठ

    राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भएको छ ।



    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्व रहेकोे प्रदेश नं ३ लाई ४१ रनले पराजित गर्दै विजयी भएको हो ।

    जितका लागि एपिएफले दिएको २८९ रनको विशाल लक्ष्य प्रदेश नं ३ २४७ रनमा समेटियो । प्रदेश नं ३ निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४७ रनमा समेटियो ।

    प्रदेश नं ३ का लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ११७ रनको योगदान दिए । त्यस्तै कप्तान पारस खड्काले ४६, रीत गौतमले २७ तथा इशान पाण्डेले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहरो अङ्क जोड्न सकेनन् ।

    एपिएफका कमलसिंह ऐरीले तीन तथा अविनाश बोहराले २ विकेट लिए । पृथु बास्कोटा र भुवन कार्कीले समान एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले ५० ओभरमा ९ विकेट गुमाएर २८८ रन बनाएको थियो । उसका लागि सुमित महर्जन र कप्तान पृथु बाँस्कोटाले अर्धशतकीय इनिङ्स खेले । सुमितले ९४ रन बनाए भने पृथुले ५९ रन बनाए । यस्तै प्रदीप सिंह ऐरीले ४०, अमरसिंह रौटेलाले अविजित २७ रन बनाए ।

    प्रदेश नं ३ का नन्दनकुमार यादव र जितेन्द्र ठकुरीले तीन÷तीन विकेट लिए । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालिको सहकार्यमा भएको उक्त प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ ।

    त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही रु ५० हजार प्राप्त गर्नेछन् ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार