Trending
  • पाल्पामा जिपको ठक्करबाट १६ महिने बालिकाको मृत्यु - Butwal Online
    पाल्पामा जिपको ठक्करबाट १६ महिने बालिकाको मृत्यु

    पाल्पा, जेठ ११ 

    जिल्लाको निस्दी गाउँपालिका १ मा जिपको ठक्कर बाट १६ महिने बालिकाको मृत्यु भएको छ ।



    निस्दी १ राहुवनमा जिपले ठक्कर दिँदा १६ महिने बालिका रितिका पौडेल क्षेत्रीको मृत्यु भएको हो । रामपुर नगरपालिका ५ बेझाँडबाट निस्दी १ बाकामलाङ्गलाई छुटेको लु १ ज २४४४ नम्बरको जिपले बालिकालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । भेषराज पौडेल र रिता पौडेल दम्पतीका छोरी रितिकालाई घरनजिकै खेलिरहेको अवस्थामा जिपले ठक्कर दिएको स्थानीयले बताएका छन ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार