Trending
  • कावासोतीमा जारि क्रिक्रेट प्रतियोगिता : खैरे गिद्ध र काकाकुल चिल बिजयी - Butwal Online

    कावासोती ११ जेठ
    नवलपुरको कावासोतीमा पहिलो पटक आयोजना गरिएको जटायुकप क्रिक्रेट प्रतियोगिता अन्र्तगत शनिबारको खेलमा कावासोती कावासोती नगरपालिका वाड नम्बर ४ को खैरे गिद्ध समूह र कावासोती नगरपालिका वाड नम्बर १६ को काकाकुल चिल समूह विजयी भएका छन् ।


    शनिबारको पहिलो खेलमा खेलमा कावासोती १ को डङगुर गिद्ध समुहलाई कावासोती ४ को खैरे गिद्ध समुहले ८६ रनले हराएको हो । टस जितेर व्याटिङ गरेको खैरे गिद्ध समुहले १५ ओभरमा ४ विकेटको क्षतिमा १३५ बनाएको थियो १ सय ३६ रनको लक्ष्य पाएको कावासोती १ को डङगुर गिद्ध समुहले १४.१ ओभरमा ४९ रन वनाउदै अल आउट भएको हो ।



    पहिलो खेलको म्यान अफ दि म्याच खैरे गिद्ध समुहका सागर उप्रेति भएका छन् । उनले ३३ वल खेल्दै २ छक्का, दुई चौका सहित ४५ रन वनाउन सफल भएका थिए ।
    शनिबारनै सम्पन्न दोस्रो खेलमा कावासोती १६ को काकाकुल चिल समुह ७ विकेटले बिजयी भयो । दोस्रो खेलको म्यान अफ द म्याच कावासोती १६ को काकाकुल चिल समूहका प्रकाश बस्नेत घोषीत भएका छन् ।

    उनले ४१ बलमा ३३ रन जोडेका थिए । प्रतियोगिता अन्र्तगत आईतबारको पहिलो खेलमा कावासोती १० को सुपर्ण महा चिल समूह र कावासोती ७ को सुन गिद्ध समूह त्यस्तै दोस्रो खेलमा कावासोती ११ को लघु महा चिल समूह र कावासोती ९ को राज गिद्ध समूह बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
    जटायु रेष्टुरेन्ट ब्यबस्थापन समितिको आयोजना, कावासोती नगरपालिकाको सहयोग एवंम् जिल्ला खेलकुद बिकास समिती र नवलपुर क्रिकेट संघको समन्वयमा प्रतियोगिता भएको हो । प्रतियोगितामा कावासोती नगरपालिकाका १७ वटै वडाहरुको सहभागिता रहेको छ ।

    जेठ १० गतेबाट शुरु भएको प्रतियोगिता जेठ २५ गतेसम्म संचालन हुने छ । खेलको बिजेताले ५० हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन भने दोस्रो हुने टिमले ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ

    सदिक्षा गैरे

    सदिक्षा गैरे बुटवल अनलाइनका नवलपुर सम्बादाता हुन् ।

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार