जातीय छुवाछुत अन्त्यका लागि सरकार गम्भिर बन ः सरोकारवाला - Butwal Online

बुटवल, जेठ ११ 
समाजमा नयाँ ढंगले जातीय छुवाछुत कायम रहेकाले अब सरकारले यो बिषयलाई गम्भिरतापूर्वक सोच्न दलित अधिकारकर्मीहरुले आग्रह गरेका छन । कानुनी रुपमा छुवाछुत र भेदभाव अन्त्य हुँदा पनि समाजमा झन बढि रुपमा भेदभाव हुन थालेकाले सरकारले नै कानुन कार्यान्वयन नगर्ने हो भने दलित समुदाय चुप लागेर नबस्ने चेतावनी दिए ।


जातीय विेभद तथा छुवाछुत अनुगमन समिति रुपन्देहीले आयोजना गरेको जातीय विभेद अन्त्यको लागि हाम्रो भूमिका बिषयक अन्तरक्रिउया कार्यक्रम बोल्दै मानवतामाथि भइरहेको अमानवीय कुरिति कायम रहदा गणतातान्त्रिक सरकारको हैसियतमै प्रश्न उठ्ने बताएका हुन । कार्यक्रममा बोल्दै पूर्व सांसद विनोद पहाडीले दलित समुदायमाथि नयाँ रुपमा भेदभाव भएकाले अब यसको अन्त्यका लागि फेरी दलितहरु एकजुट हुने बेला आएको बताए ।

उनले अहिले दलित शब्दका नाममा बहस गर्नुभन्दा भेदभावको श्रृखला अन्त्य गर्नका लागि सरकार नै जिम्मेवार हुनुपर्ने अन्यथा राज्यले ठूलो मूल्य चुकाउनुपर्ने बताए । उनले आफू संविधानसभामा रहेको बेलामा दलितका अधिकारलाई मौलीक हकमा राख्न सफल भएकाले उपलब्धिको रक्षा गर्दै कानुन कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

दलित अगुवा ज्योतिलाल विश्वकर्माले अब आन्दोलनको स्वरुप फेरेर जातीय भेदभाव विरुद्ध सशक्त प्रतिकारमा उत्रनुपर्ने बताए । उनले दलित समुदायले परिवर्तनकै लागि कम्यूनिष्ट पार्टी रोजेको बताउँदै अब पनि यसै अवस्था रहे नयाँ रुपमको आन्दोलनमा उत्रन आग्रह समेत गरे ।
दलित वर्ग उत्थान जिल्ला समन्वय समिति रुपन्देहीका पूर्व उपाध्यक्ष पदम विश्वकर्माले संविधानले जातीय छुवाछुत अन्त्य गर्दा पनि व्यवहारमा त्यो हट्न नसकेकोमा आपत्ति जनाए । उनले समाजमा भेदभाव यथावत रहेकाले यसको अन्त्यका लागि अब बोल्न ढिलाई गर्न नहुने बताए ।
लेखक दीपक विश्वकर्माले जातीय विभेद आर्थिक,सामाजिक, साँस्कृतिक र राजनितिक कारणले भइरहेको बताए । विस २०२० सालमा मुलुकी ऐन जारी गरेर छुवाछुत प्रथा अन्त्य गरेको घोषणा गरेपनि अझैसम्म कायम रहेको उनले बताए । बुटवलमा अहिले आफूले पनि कुनै न कुनै रुपमा भेदभाव भोग्नुपरेको उनले गुनासो सुनाए । ‘भेदभावभा अन्त्य गर्ने हो भने चार वर्ण खारेज गर्न माग गर्छु’ उनले भने ।

कार्यक्रममा जातीय विभेद तथा छुवाछुत अनुगमन समिति रुपन्देहीका अध्यक्ष हरिओम विश्वकर्माले जातीय छुवाछुत अन्त्यका लागि सबै एकजुट हुने बेला आएको बताए । कृष्ण नेपालीले छरिएर बसेका दलितहरु आफ्नो स्वार्थमा टाँसिएकाले अधिकार स्थापित हुन नसकेको बताए । दलितको भोटबाट ठूलो पार्टी हुने तर मानव भएर बाँच्न नपाउने अवस्थाको अन्त्य गर्न नसक्दा मौन बस्न नहुने बताए । कार्यक्रममा बुटवल उपमहानगरका जनप्रतिनिधि कमला बराल, अनुगमन समितिका सदस्य नरबहादुर सुनार, डम्बर गहतराज लगायतले बोल्दै अब कानुन कार्यान्वयन गर्न सरकार नै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार