Trending
  • सहिद बसन्त पौडेलको स्मृतिमा ब्याडमिन्टन खेल सम्पन्न - Butwal Online
    सहिद बसन्त पौडेलको स्मृतिमा ब्याडमिन्टन खेल सम्पन्न
  • खेलकुद सामाग्री पनि बितरण
  • देवदह , ११ जेष्ठ

    सहिद बसन्त पौडेलको स्मृतिमा देबदहमा नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता तथा खेलकुद सामाग्री बितरण सप्पन्न भएको छ ।



    सहिद वसन्त पौडेल स्मृति खेलकुद प्रतियोगिता उपभोक्ता समिति देबदह ३ को आयोजना ,देबदह नगरपालिका र देबदह वडा नम्बर तिनको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

    संगम युवा क्लब परिसरमा २० टिम सहभागी भएको कार्यक्रममा उपाधी समूह क तर्फ वडा ९का युवराज पुन र हिमाल पुनले हात पारेका छन।
    त्यस्तै वडा तिनका निरज पुन बिकास श्रेष्ठले उपबिजेतामा चित्त बुझाएका छ्न ।
    त्यस्तै समूह ख तर्फ देबदह सातका अर्जुन थापा र आशिश दिप गुरुङले हात पारेका छ्न भने वडा ९ का प्रेम आले र शेर बहादुर थापा उपबिजेता भएका छन ।

    पर्देश सासद कृष्ण न्यौपानेको प्रमुख आथित्यता क्लबका अध्यक्ष बम बहादुर आलेको अध्यक्षता र ज्योती अदैको संचालनना कार्यक्रम सम्पन्न भएको थियो ।
    कार्यक्रम मा प्रथम हुनेले र उपबिजेताले क्रमश २५ र १५ हजार रुपैया पुरस्कार पाएका थिय।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार