बालक्लबका सदस्यहरुलाइ वडा स्तरिय उदघोषण तालीम सम्पन्न - Butwal Online

बुटवल,११ जेष्ठ 
बुटवल उपमहानगरपालिका वडा नम्बर ४ को आयोजना मा बालक्लबका सदस्यहरुका लागि वडा स्तरीय दुई दिने उद्घोषण तालिम सप्पन्न भएको छ ।

तालिमको समापन गर्दै वडा न चारका वडा अध्यक्ष टंक प्रसाद पराजुलीले तालीममा सिकेका कुरा व्यबहारमा लागु गर्ने सके विद्यार्थी जिवनमा पनि उपयोगी हुने हुदा किताबी ज्ञान सङै चौतर्फी बिकास हुने बताउनु भयो ।

११ देखि १९ बर्ष समुहको उमेर भनेको सिक्ने उमेर भएकाले यो उमेरमा बालबालिका सम्बन्धि लेख रचना ,बाल अधिकार ,बाल बालिका सम्बन्धि रेडियो कार्यक्रम सुन्ने बानीको बिकास गर्न सके पाठ्यक्रमलाई सहयोग पनि पुग्ने आफुमा भएको अन्तर्निहित क्षमताको पनि बिकास हुने बताउनु भयो ।

तालीम समापन कार्यक्रममा बोल्दै वडाका सचिब उषा ढुङ्गानाले जीवन सिकाइ भएकाले सिकाइ बाटै अगाडि बढ्न आग्रह गर्नुभयो । जहिले सम्म कुनै पनि ब्यक्ती ढुक्क संग आफ्ना कुरा राख्न सक्दैन त्यो ब्यक्ति राजनीतिक र सामाजिक तहमा अगाडी बढन नसक्ने हुदा तालीममा सिकेका कुरा लाई ब्यबहारिक बनाउन सुझाव दिनु भयो ।

तालीममा सहभागी सागर मुखिया ,पवन शर्मा लगायतले बोल्दै तालीम पश्चात् कुनै पनि कार्यक्रम ढुक्कसँग र प्रक्रियागत ढंगबाट संचालन गर्न सक्ने बताउदै तालीममा सिकेका कुरा व्यबहारमा लागू गर्दै समाजमा उदाहरणिय काम गरेर असल नागरिक बन्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

तालीममा वडा नम्बर चारमा रहेका विभिन्न बाल क्लब बिद्यालयका गरि करिब २५ जनाको सहभागीता रहेको थियो ।

तालीमको सहजीकरण रेडियो मुक्तिका स्टेशन प्रमुख कल्पना तिवारी र समाचार प्रमुख अस्मिना पाण्डेले गर्नुभएको थियो ।

२ दिन सम्म तालीम लिइसके पछि तालिममा सहभागी आफैले कार्यक्रमको संचालन गरेका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार