Trending
  • अख्तियारमा यो बर्ष ३५ प्रतिसत बढि उजुरी दर्ता - Butwal Online
    अख्तियारमा यो बर्ष ३५ प्रतिसत बढि उजुरी दर्ता

    बुटवल,१२ जेठ 
    अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा गत बर्षको तुलनामा ३५ प्रतिसत बढि मुद्धा दर्ता भएका छन् । गत आर्थीक बर्ष २०७४÷०७५ मा ५५७ उजुरी दर्ता भएकोमा आर्थीक बर्ष २०७५÷०७६ मा ७७५ थान उजुरी दर्ता भएको हो ।



    उजुरी दर्ता संख्याको आधारमा गत आर्थीक बर्षको तुलनामा ३५ प्रतिसतले बृद्धि भएको हो । यो तथ्याङ्क बैशाख मसान्त सम्मको मात्रै भएकोले चालु आर्थीक बर्षको अन्त्य सम्ममा मुद्धा दर्ताको प्रतिसतमा थप बृद्धि हुने सम्भावना रहेको छ ।
    आयोगमा परेका उजुरीहरु मध्ये चालु आर्थीक बर्षको यस अबधि सम्म ५४.३१ प्रतिसत मुद्धा फस्र्यौट भएको सो कार्यालयले जनाएको छ ।
    आर्थीक बर्ष २०७४÷०७५ बाट जिम्मेवारी सरी आएका ३८५ सहित चालु आर्थीक बर्ष दर्ता भएका ७७५ सहित आयोगको बुटवल स्थित कार्यालयमा कूल ११६० उजुरी उपर अनुसन्धान गर्नुपर्ने थियो ।

    मन्त्रालयगत रुपमा हेर्नेहो भने आयोगमा सबै भन्दा धेरै संघीय मामिला मन्त्रालयसँग सम्बन्धित उजुरीहरु बढि परेका छन् भने सबै भन्दा कम अर्थ मन्त्रालय अन्तर्गतका कार्यालयहरु रहेका छन् ।
    संघीय मामिला मन्त्रालय अन्तर्गतका कार्यालयहरुसँग सम्बन्धित ४०९ थान उजुरी परेको छ भने सबै भन्दा कम अर्थ मन्त्रालय अन्तर्गतका कार्यालयहरुसँग सम्बन्धित १३ वटा मात्रै उजुरी परेको आयोगको तथ्याङ्कमा उल्लेख छ ।

    सबै भन्दा बढि उजुरी पर्ने मन्त्रालयहरु मध्ये दोस्रोमा शिक्षा,तेस्रोमा भूमि सुधार मन्त्रालय ,चौथोमा वन,पाँचौंमा भौतिक पुर्वाधार,छैठौंमा स्वास्थ्य,सातौंमा गृह मन्त्रालय,आठौमा कृषि मन्त्रालय अन्तर्गतका कार्यालयहरु रहेका छन् ।

    आयोगको तथ्याङ्क अनुसार शिक्षा मन्त्रालय अन्तर्गतका कार्यालयहरुसँग सम्बन्धित ३५३, भूमि सुधार मन्त्रालय अन्तर्गतका कार्यालयहरुसँग सम्बन्धित ९५,वन मन्त्रालय अन्तर्गतका कार्यालयहरुसँग सम्बन्धित ६७,भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गतका कार्यालयहरुसँग सम्बन्धित ५३,स्वास्थ्य मन्त्रालय अन्तर्गतका कार्यालयहरुसँग सम्बन्धित ३८,गृह मन्त्रालय अन्तर्गतका कार्यालयहरुसँग सम्बन्धित ३५,कृषि मन्त्रालय अन्तर्गतका कार्यालयहरुसँग सम्बन्धित १७ थान मुद्धा दर्ता भएको छ ।

    बुटवल स्थित आयोगको कार्यालयको क्षेत्राधिकार भित्र पर्ने जिल्लाहरु मध्ये सबै भन्दा बढि रुपन्देही जिल्लाका कार्यालयहरुसँग सम्बन्धित मुद्धा बढि परेका छन भने सबै भन्दा कम रुकुम पुर्व रहेको छ ।
    रुपन्देहीमा ४०१ र रुकुम पुर्वमा ७ थान उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार