Trending
  • अर्घाखाँँचीमा बन्दको प्रभाव, २ स्थानमा संकास्पद बस्तु फेला - Butwal Online

     अर्घाखाँची, १३ जेठ । जिल्लाको सन्धिखर्कका दुई स्थानमा शंकास्पद बस्तु पेला परेका छन । जिल्लाको सन्धिखर्कस्थित अर्घाखाँँची आवसीय माविमा शंकास्पद वस्तु फेला परेको छ ।



    सन्धिखर्क–२ चुत्राबेसीको बेलबाटीकामा रहेको अर्घाखाँची आवसीय माविको तारबारको पिलरमा झुण्डाइएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो । उक्त शंकास्पद बस्तुलाई डिस्पोजल गरीएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रमुख नवराज मल्लले जानकारी दिए ।

    यस्तै सन्धिखर्क स्थित अर्घाखाँची आवसीय माविमा भेटिएको शंकास्पद वस्तुलाई डिस्पोजल गरिसकेपछि सन्धिखर्कस्थित बागीखोलामा संकास्पद वस्तु फेला परेको छ । उक्त संकास्पद वस्तु डीस्पोज गरिएको छ । आजको बन्दलाई लक्षित गरेर विप्लप समूहले उक्त वस्तु राखेको हुन सक्ने आशंका गरिएको छ प्रहरीको भनाई छ । कुनै पनि ठाउमा संकास्पद बस्तु भेटिएमा तत्काल खबर गर्न प्रहरीले आग्रह समेत गरेको छ ।

    यो पनि पढ्नुहोस 

    विप्लव नेतृत्वको नेकपाको आयोजनामा आज नेपाल बन्द, बुटवलमा बन्दको प्रभाव कस्तो छ ?

     

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार