विष्णु पौडेलको विकासबाट आत्तिएर कांग्रेस पर्चा फाल्न उत्रियो - Butwal Online

बुटवल, जेठ १३ 

बुटवलमा सोमबार बिहान देशकै ठूलो तथा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण कार्यको शिलन्यास गर्न नेकपा महासचिव विष्णु पौडेल सहभागी थिए ।

 

सोही कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डे नेतृत्वको केही व्यक्तिहरूले पौडेललाई भ्रष्टचारी भन्दै पर्चा छाडेकोप्रति बुटवलका उद्योगी व्यवसायी र राजनीतिक दलका नेताहरूले दुःख व्यक्त गरेका छन् । विष्णु पौडेलले रूपन्देहीमा ल्याएको विकासप्रति आत्तिएर ‘अर्नगल’ प्रचार गर्न उत्रिएको उद्योगी, व्यवसायी र राजनीति नेताहरूले बताएका छन् । अतिथिका रुपमा निम्त्याएका पाण्डेले आफ्नो गोजीमा पर्चा लगेर फाल्न खोज्दाखोज्दै नियन्त्रणमा लिइएको थियो ।

नेपाल चेम्बर अफ कर्मसका केन्द्रीय सदस्य टंक पोखरेलले विकासका योजनाहरूलाई राजनीतिसँग जोडेर विरोध गर्न नहुने बताए । उनले भने, ‘काठमाडौंमा पौडेलप्रति उठेको विषयको बारेमा उहाँले संसदमै दोषी भेटिए कारवाही भोग्न तयार छु भन्नुभएको छ । यस्तो अवस्थामा बुटवलको गौरवको आयोजना शिलन्यास गर्दा अनावश्यक विरोधमा उत्तीर्ण हुँदैनथ्यो ।’

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर पाँचका सदस्य कृष्ण कुमार श्रेष्ठले विकास निर्माणको काम गर्दा राजनीतिक विषय उठाउन आवश्यक नभएको बताए ।‘बुटवलको विकासमा विष्णु पौडेलको योगदान धेरै ठूलो छ । उहाँले बुटवलमा अन्रर्ताष्ट्रिय प्रदर्शनी केन्द्र बनाउन ठूलो मेहनेत गर्नु भएको छ । त्यहीँ कार्यक्रममा विरोध स्वरुप प्रचार गरेजस्तो देखियो । यस्तो गर्न आवश्यक थिएन ।’

युवा संघ नेपाल स्थायी कमिटी सदस्य देवराज पोखरेलले विकास विरोधी अराजनीतिक गतिविधि गरे युवाले प्रतिकार गर्ने बताए । उनले भने, ‘कांग्रेसले बुटवलमा आज अराजनीतिक गतिविधि ग¥यो । यस्तो फेरि दोहोरिए युवा संघले छाडदैन ।

’ नेकपा नेता तेजेन्द्र केसीले बुटवलमा राष्ट्रिय गौरवको आयोजनाहरु बन्दा लाग्दा अवरोधमा उत्रिएर कांग्रेसले आफ्नो असली अनुहार देखाएको बताए । त्यस्तै नेकपा नेता गोपाल रानाले पौडेलले रुपन्देही लाई विकासको रोल मोडल जिल्ला बनाउन लागेको देखेर कांग्रेस आत्तिएर पर्चा फाल्न बाध्य भएको बताए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार