Trending
  • मन्दिर र खेलकुद मैदान निर्माणमा बिदेशमा रहेका युवाको सक्रियता - Butwal Online

    अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका १० का युवाहरु गाउँमा मन्दिर र खेलकुद मैदान निर्माणमा जुटेका छन् ।



    साविक वडा नं ९ माइकाथानमा माइकाथान मन्दिरको निर्माण गर्ने र मन्दिर परिसरको खुला चौरलाई खेलकुद मैदानको रुपमा बिकाश गर्ने गरि योजना अगाडि सारिएको निर्माण अभियान्ता मध्येका एक पदम आर्चायले जानकारी दिए ।

    धार्मिक स्थलको निर्माण र खेलकुद मार्फत गाउँमा बिकाश गर्ने लक्ष्य राखिएको आर्चायले बताए । आफ्नो जन्मथलो छाडेर पेशा व्यावसायका लागि बाहिरिएका युवाहरुले सामजिक संजाल फेसबुक मार्फत निर्माण कार्यका लागि आवश्यक रकमको जोहो गर्ने अभियान चलाएका छन् । अभियानमा अधिकांश रोजगारीका लागि दक्षिण कोरिया पुगेका युवाहरु छन् भने अन्य मुलुकमा रोजगारीमा पुगेका युवाहरु र स्वदेशमै बिभिन्न पेशा व्यवसायमा संलग्न युवाहरु समेत छन् । योजनाका लागि ६ लाख नगद र स्थानीय श्रमदानको लागत अनुमान गरिएकोमा सहयोग आउने क्रम जारी रहेको आर्चायले बताए ।

    यूवाहरु स्वयम उपस्थिति जनाउन नसक्ने भए पनि गाउँमा भएका अभिभावकहरुको संलग्नतामा निर्माण समिति बनाएका छन् । निर्माण समितिका अध्यक्ष फर्सुराम भट्टराईले युवाहरुको बिदेशमा रहेर पनि गाउँको बिकाशका निम्ति गरिएको पहलको प्रशंसा गर्दै आफुहरुले
    गाउँमा रहेर योजना सम्पन्न गर्न लागि पर्ने बताए । अहिले मन्दिरको घडेरी निर्माण कार्य सम्पन्न भएको र बाँकी काम पनि छिट्टै शुरु गरिने अध्यक्ष भट्टराईले बताए ।

    मन्दिर निर्माण पछि हरेक आइतबार गरिने माइकाथान माताको पुजालाई नियमितता दिन सजिलो हुने र खेलकुदको लागि वरपर खुला ठाउँ नभएकोले मैदानले त्यस क्षेत्रको खेलकुद बिकाशमा टेवा पुग्ने भट्टराईल् जानकारी दिए ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार