बागेश्वरीले सप्ताहव्यापी रुपमा संगित दिवस मनाउने - Butwal Online
बागेश्वरीले सप्ताहव्यापी रुपमा संगित दिवस मनाउने

बुटवल, १४ जेठ 

बागेश्वरी कला तथा संगित एकेडेमीले सप्ताहव्यापी रुपमा संगित दिवस मनाउने भएको छ । आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी असार १ गते देखि ७ गते सम्म विभिन्न कार्यक्रमको आयोजना गरी विश्व संगित दिवस मनाउन लागिएको एकेडेमीले जानकारी दिएको हो ।

एकेडेमीका प्राचाय सुरेश सेञ्चुरीले विश्व संगित दिवस ३७ बर्ष अघि अमेरिकन म्युजिसियन जोयल कोहेनले सुरु गरे पनि बागेश्वरीले १० बर्ष देखि निरन्तर दिवस मनाउदै आएको बताए । उनले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत १ गते उद्घाटन, २ गते संगित सम्बन्धी अन्तरक्रिया, ३ देखि ६ गते सम्म विभिन्न साँस्कृतिक कार्यक्रम र ७ गते समापन गर्ने गरी सप्ताह व्यापी कार्यक्रम गर्न लागिएको बताए । संगित दिवसको अवसरमा आयोगित साँस्कृतिक कार्यक्रममा पप गायक अर्जुन कौशल, एन्जीला रेग्मी, सुजता पाण्डेय, मरिता पन्थी लगाएका कलाकारहरुको प्रस्तुती रहने उनले जानाकारी दिए ।

संगित दिवसकै अवसरमा एकेडेमीले नाटक घरको समेत उद्घाटन गर्ने बताइएको छ । रुपन्देहीमा अहिले सम्म नाटक घर नभएको र नाटक हेर्ने यहाँका जनताको माग अनुसार नाटक घरको शुभारम्भ गर्न लागिएको बताए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार